मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमा सोमबार राति भएको खेलमा वेस्ट ह्यामको जितमा जेसे लिङ्गार्ड, पाब्लो फोर्नाल्स र जारोड वोवेनले गोल गरे । वल्भ्सका लिन्डर डेन्डनकर र फावियो सिल्भाले गोल गरेपनि हार टार्न सकेन ।
खेलको छैटौं मिनेटमा म्यानचेस्टर युनाइटेडबाट लोनमा वेस्ट ह्याम पुगेका जेसे लिङ्गार्डले भ्लादिमिर कोउफालको पासमा गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए । १४औं मिनेटमा पाब्लो फोर्नाल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे । उनले अर्थर मासुएकुको पासमा गोल गरेका थिए ।
३८औं मिनेटमा जारोड वोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ३–० ले अघि बढाए । उनले जेसे लिङ्गार्डको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले एडामा ट्राओरेको पासमा गोल गरेका थिए ।
६८औं मिनेटमा पाब्लो सिल्भाले पेड्रो नेटाको पासमा गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा वेस्ट ह्याम विजयी हुन सफल भयो ।
यो जितसँगै वेस्ट ह्याम ३० खेलबाट ५२ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । वेस्ट ह्यामले चेल्सीलाई पछि पारेको हो । पाँचौ स्थानमा रहको चेल्सीको ५१ अंक छ । वल्भ्स ३५ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा