Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

शरीरमा भिटामिन ‘डी’ कमि हुँदाका असरहरु

शरीरमा भिटामिन ‘डी’ कमि हुँदाका असरहरु


शरीरमा भिटामिन ‘डी’ कमि हुँदाका असरहरु

यदि तपाईलाई  मुड परिवर्तन भइराखने, काम नगरी थकान हुने, हड्डी र मांग्सपेसीको दीर्घकालीन दुखाइ, जोर्नी दुखने, इच्छाशक्ति कमि, घोर निराशा, बेचैनी, स्मृतिनास, एकाग्रता हुन नसक्ने, गहिरो निन्द्रा नलाग्ने, आदिको समस्या छ भने??? तपाईको भिटामिन डीको सामान्य स्तर ३० देखि ७४ नानोग्राम प्रति मिलिलिटर नहुन सक्छ जुन हाम्रो देशमा करिब ८५ % जनसंख्यामा कमी पाइएको छ ? -------------------डा। दिनेश राई, एम.डी। सत्यनाम हस्पिटल 
 
भिटामिन-डीको आवश्यक्ता ?

हाम्रो मुलुकमै गरिएका विभिन्न अध्ययनका अनुसार, यहाँको करिब ८५% प्रतिशत जनसंख्यामा भिटामिन ‘डी’ को कमी पाइएको छ । हाम्रो शरीर बलियो हुन, स्वस्थ हड्डी, दाँत र मांसपेशीका लागि भिटामिन डी एकदमै जरुरी हुन्छ । यसको कमीले हड्डी कमजोर हुन्छ। 

भिटामिन डी शरीरभित्र उत्पादन हुनको लागि हाम्रो छाला मुनि रहेको ७(हाईड्रक्सी कोलेस्ट्रोललाई सुर्यको किरण जरुरि हुन्छ। अनि शरीरले यो भिटामिनलाई संगृहीत राखेर पछि उपयोग गर्न थाल्छ । छालाले कति मात्रामा भिटामिन ‘डी’ निर्माण गर्छ भन्ने कुरो त्यो दिनको समय, मौसम, अक्षांश, छालाको रंग र अन्य कारकमा निर्भर हुन्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार भिटामिन डीले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले बाह्य संक्रमणसँग लड्न मद्दत गर्छ । केही अध्ययनबाट यो कुरा पनि पुष्टि भएको छ कि भिटामिन(डीको पर्याप्त उपलब्धताले सामान्य ज्वरो, फ्लुबाट बचाउँछ। बिभिन्न खोज अनुसारले हाम्रो मानसिक स्वास्थ्यको लागि पनि भिटामिन डी नितान्तै आवस्यक पर्दछ ।
भिटामिन डिको परिचय:

भिटामिन डि हाम्रो स्वास्थ्य शरीरको लागि अत्यावस्यक भिटामिनहरु मध्ये एक हो । भिटामिन डि को मुख्य स्रोत भनेको सूर्यको किरण नै हो त्यसैले यसलाई सन साइन भिटामिन भनिन्छ। सूर्यको किरणमा भएको अल्ट्राभ्योलेट किरणको मद्धतले हाम्रो छालाले भिटामिन डि बनाउँछ। यसको अर्को स्रोत भनेको हामीले खाने दैनिक खानेकुरा नै हुन्। बदलिदो समयसँगै आजकल घाममा काम नगर्ने र बस्न नभ्याउने वा व्यस्त जमात बढ्दै गएको छ । साथसाथै बजारमा प्रसस्त् मात्रामा पाइने रेडिमेड फास्ट फूड खानेकुरा खाने बानीले भिटामिन डिको कमी हुनेको  संख्या वात्तै बढ्दै गइरहेको छ। 
 

भिटामिन डिको प्रकार: 
भिटामिन डी D2 र D3 गरि दुई प्रकारको हुन्छन्। 
१० भिटामिन D2 लाई अर्गो क्याल्सिफेरोल  भनिन्छ । यो मिस्रित आहार वनस्पति आहार र पुरक आहारमा पाइन्छ ।
२० भिटामिन D3 लाई कोलिक्यल्सिफेरोल भनिन्छ। यो मिश्रित आहार जनावरको श्रोतबाट माछा, मासु, अन्डा, कलेजो, आदिमा पाइन्छ । प्राकृतिक रुपमा सुर्यको किरणको उपस्थितिमा यो भिटामिन शरीर भित्रै पनि बन्दछ । 

भिटामिन डि: कति हुनुपर्छ ?

भिटामिन डिको मात्रा हाम्रो शरीरमा कति छ रु भनेर तिनटा बर्गिकरण गरिन्छ 

कम (deficient) :  < 20 ng/mL

अपर्याप्त (Insufficient) : 20-29 ng/ mL

पर्याप्त (Sufficient) : 30-100 ng/mL


भिटामिन ‘डी’ को स्तर ३० देखि ७४ नानोग्राम प्रतिमिलिलिटर भए यसलाई सामान्य मानिन्छ, २१ देखि २९ नानोग्राम हुनु अपर्याप्त हो । यस्तै, २० नानोग्राम प्रतिमिलिलिटरभन्दा तल हुनुले शरीरमा यसको कमी रहेको देखाउँछ । ५ नानोग्रामभन्दा कम हुनु भनेको समस्यामा पर्नु हो ।


भिटामिन डि को कार्य :


भिटामिन डिको मुख्य भूमिका भनेको हाम्रो शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाउने र हाम्रो हड्डीलाई मजबूत बनाउने हो ।साथै केही वर्षयताको अनुसन्धानहरुबाट भिटामिन डिको सम्बन्ध अरु विभिन्न समस्या जस्तैस् रोग प्रतिरोधात्मक शक्ति, मोटोपन, मानसिक समस्या, मधुमेह, मुटुरोग र केहि  क्यान्सरसँग पनि भूमिका रहेको तथ्य खुल्दै गएको छ। भिटामिन डी चिल्लोपदार्थमा सजिलै घुल्छ र यसको प्रभावकारिता बृदि गर्न खाना संगै खानु उपयुक्त हुन्छ। 

भिटामिन डी को लागि घाम मा बस्ने उपयुक्त समय:

 
खासमा बिहानको ९ बजेदेखि दिउँसोको ३ बजेको बीचमा कुनै पनि समयमा १५ मिनेटदेखि आधा घन्टासम्म घाममा बस्न सकियो भने शरीरलाई पर्याप्त मात्रामा भिटामिन D पुग्छ। शरीरको ४० प्रतिशत भागमा सीधै सूर्यको किरण पर्‍यो भने शरीरले पर्याप्त मात्रामा भिटामिन Dप्राप्त गर्छ। तर, शरीरको रंग कालो वा गहुँगोरो हुनेहरूले सेतो छाला भएकाहरूको तुलनामा घाममा बढी नांगो छाला देखाउनुपर्छ, भिटामिन D पाउनलाई।


दिनदिनै घाममा बस्न सकिएन भने पनि चिन्ता गर्नुपर्दैन। हप्तामा ३ /४ पटक घाममा बस्न सके पनि पुग्छ। बोसोमा घुलनशील भएकाले बर्सादका दिनमा घाम नलागेमा घाममा बस्न पाइएन भनेर चिन्ता गर्नुपर्दैन, शरीरमा जम्मा भएको भिटामिन D ले नै काम गररिरहेको हुन्छ। गर्भवती महिला र शिशुलाई घाममा राखेर तेल लगाउनाले मालिसबाट हुने फाइदाका साथै सुत्केरी आमा र नवजात शिशु दुवैले पर्याप्त मात्रामा भिटामिन D पाउँछन् भन्ने तथ्यको ज्ञानचाहिँ सायद हामीमा परापूर्वकालदेखि नै थियो। त्यही भएर यो विधि हामीकहाँ परम्परा नै भइसकेको छ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, कम मात्रामा सूर्य प्रकाश शरीरका लागि फाइदाजनक नै हुन्छ । गर्मी याममा आकस्मिक रूपले सातामा दुईदेखि तीन पटकसम्म ५ देखि १५ मिनेटसम्म हातपाखुरा, अनुहारमा घाम पार्न सके हाम्रो शरीरमा भिटामिन D को स्तर उच्च रहिरहन सक्छ । गहुँगोरो नेपालीहरूले गोरा मानिसको तुलनामा २० देखि ४० गुणासम्म बढी घाम ताप्नुपर्छ। सन प्रोटेक्सन फयाक्टर ८ ले पनि भिटामिन D’ बनाउने क्षमतालाई ९५ प्रतिशतसम्म रोक्ने गर्छ।


भिटामिन डि को कमीको लक्षण


-मांसपेशी कमजोरी
- बिना धेरै काम पनि थकान महसुस हुने
- दिनमा आवश्यकता भन्दा धेरै निन्द्रा लाग्ने
- मनमा उदासिनता छाउने
- टाउकोबाट पसिना आउनु
- विभिन्न स्वास्थ्य समस्या आउने
- पटक पटक इन्फेक्सन हुने
- प्रतिरक्षा प्रणालीमा असर गर्ने
- सास लिनमा समस्या

रगतमा भिटामिन डि को कमी हुँदा आउने समस्याहरु:


भिटामिन डि को कमीले सानै उमेरमा रिकेट्स रोग लाग्न सक्छ र ठुलो भएर ओस्टियोमालासिया भन्ने समस्या आउछ। यस्तो समस्यामा हड्डी भित्रको तन्तुमा पर्याप्त मात्रामा खनिज नहुने  कारणले हड्डि नरम र कमजोरी हुन जान्छ। तर हालको अध्ययनले भिटामिन डि ले शरीरका धेरै समस्यालाई बचाउछ 


-मुड परिवर्तन, काम नगरी थकान, इच्छाशक्ति कमि, घोर निराशा, बेचैनी, स्मृतिनास 
-एकाग्रता, ध्यानात्माक हुन नसक्ने, डिप्रेसनको समस्या, अनिन्द्रा, आदि  
- हड्डी र मांग्सपेसी दीर्घकालीन दुखाइ, जोर्नी दुखने, आदि
- रिकेट्स रोग( बच्चाहरुमा धेरै हुने गर्दछ 
- ओस्टियोमालासिया( हड्डी कम्जोर र नरम हुने 
- हड्डि दुख्ने जुन शरीरको कुनै पनि स्थानमा हुन सक्ने
- हृदय रोगको कारण जोखिम बढी हुने, रक्तचापमा समस्या 
- वृद्ध मानिसहरुमा थकाइ हुने, शारीरिक कमजोरी हुने, जसले दैनिक जीवनमा नकारात्मक असर गर्छ ।
- प्रतिरोधात्मक शक्ति कमि हुने समस्या देखिन्छ ।
- क्यान्सर जस्ता रोगहरुको रिस्क बढ्ने, आदि ।

भिटामिन डिको जोखिम 


ढाड दुखिरहने समस्या हुने युवक(युवतीहरूले आफूमा कतै भिटामिन Dको कमी त भएको छैन भनेर विचार गर्नुपर्छ।महिलामा रजस्वलापछि भिटामिन D को कमी देखिने सम्भावना हुन्छ। तर, आधुनिक जीवन र खानपानसहित घर र अफिसमा व्यस्त वयस्क महिलामा पनि यो समस्या बढी देखिन थालेको छ। जसका कारण बढी थकाइ लाग्ने, ढाड र हातखुट्टा दुख्ने आदि समस्या देखा पर्छन्। विशेषगरी वृद्ध उमेरका व्यक्तिलाई भिटामिन Dको झनै खाँचो हुन्छ। बिरामी भएर उठेका र कोठाभित्र बसिरहेका वृद्धवृद्धालाई बाहिर घाममा घुमाउने र ढाड, हातलगायत शरीरमा तेलको मालिस गरिदिन सके उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।

भिटामिन डिको जाँच कसरी गरिन्छ ?
भिटामिन डि को जाँच गर्दा चिकित्सकको परामर्शमा गर्नुपर्छ । यो जाँच (Serum 25-HydroxyVitamin D) गर्दा जुनसुकै बेला पनि नमूना रगत दिन सकिन्छ। खाली पेट हुन पर्दैन।

भिटामिन डिस् कमी भएमा के गर्ने ?
यदि भिटामिन डिको जाँच गर्दा अपर्याप्त देखिएमा चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ। भिटामिन डि एकवर्ष भन्दा मुनिकालाई दैनिक ४०० आइयु  र एक वर्षभन्दा माथिकालाई दैनिक ६००आइयु जरुरी पर्छ। भिटामिन डिको संश्लेषण गर्नका लागि दिउसोको मध्ये घाममा २०/२५ मिनेट बस्ने, सकेसम्म शरीरको धेरै भन्दा धेरै भागको छाला नछोपिकन घाममा सेकाउने गर्न सकिन्छ।तर यसो गर्दा घामले छाला डढ्ने हुनाले हल्का सनस्क्रिन लगाउन सकिन्छ।


यदि तपाइलाई उपयुक्त सूर्यकिरण प्राप्त भएन भने भिटामिन डी ३ सप्लिमेन्ट १०००-४००० IU (२५-१०० mcg)  दैनिक लिनु पर्दछ। जो घर बाहिर जान पाउँदैनन् वा घरभित्रै बस्ने गर्छन् उनीहरूका लागि अतिरिक्त भिटामिन डी लिन जरुरी छ।


निःशुल्क रूपमा प्राप्त हुने सूर्यको किरणमा बस्न सिकाउनुपर्ने आवस्यकता छ। खासगरी आफिस काम गर्ने, किशोर(किशोरी र युवा छाला कालो हुन्छ भनेर घाममा बस्न हिच्किचाउँछन्। सबैलाई दैनिक सिकाउनुपर्छ कि १५ देखि २० मिनेट सूर्यको किरणमा बस्नाले हाड बलियो हुनुका साथै स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। भिटामिन Dभिटामिन मात्र होइन, यसले शरीरमा हर्मोनको पनि काम गर्छ। जब सूर्यको किरणले छालामा छुन्छ, तब यसले भिटामिन Dलाई हर्मोन D थ्रीुमा बदल्छ र शरीरलाई स्वस्थ्य बनाइराख्न सकारात्मक भूमिका निर्वाह गर्छ।


जसलाई अतिरिक्त भिटामिन-डीको जरुरी छ


–जो अक्सर घरबाहिर जान सक्दैनन् ।
–जो केयर होममा बस्छन् ।
–जसको छाला वा शरीर अक्सर कपडाले छापिएको हुन्छ ।
उनीहरूका लागि प्राकृतिक स्रोतबाट मात्र भिटामिन(डी पर्याप्त हुँदैन । अतिरिक्त भिटामिन-डी लिनुपर्ने हुन्छ ।
स्कटल्यान्ड र वेल्सका सरकारका साथ आयरल्यान्डको पब्लिक हेल्थ एजेन्सीले लकडाउनमा यस किसिमको सल्लाह दिने गरेको छ ।
आहार एवं भिटामिन-डी


एक सन्तुलित आहारले तपाईंको रोग प्रतिरोधात्मक क्षमता सामान्य राख्न मद्दत गर्छ । यस्तो स्थितिमा कुनै पनि व्यक्तिले अरू केही लिन जरुरी छैन । तर केवल आहारमा पर्याप्त भिटामिन-डी पाउन मुस्किल छ। सन्तुलित आहार स्वस्थ जीवनका लागि एकदमै महत्वपूर्ण छ । यद्यपि सन्तुलित आहारभित्र के/के समेटिनुपर्छ भन्ने ज्ञान हुनुपर्छ । भिटामिन डि माछा र अन्डामा प्राप्त हुन्छ । यसका लागि अन्न, घिउ र दहीमा पनि पाइन्छ । बिशेषतस् समुन्द्री खानेकुरा, अल्गे, स्पिरुलिना, विभिन्न प्रकारको माछामा पाइन्छ । केहि च्याउहरु, शिताके, कन्ने, रातो च्याउ राम्रो श्रोत हुन । प्राकृतिक रुपमा पाइने दुध, दहि, मखन, तोफु, चिज, पनिर, र तयारी खाने कुराहरुमा पनि भिटामिन डी मिसाउने (fortified) गर्न थालिएको छ। सुखा फलफुलमा खजुर, किसमिस, देसी बदाम, काजु, पास्ता,मुम्फाली आदिमा पनि पाउन सकिन्छ । हरियो सागपात, पालुंगो, लट्टे, सिमि, बोडी, ब्रोकाउली, चुकन्दर, अवोकाड़ो, आदिमा पनि पाउन सकिन्छ। अन्नमा कोदो, फापर, गहत, अन्जिर, ओखर,ब्राउन राइस आदि पनि भिटामिन डी पाउन सकिन्छ। 


लेखक योग तथा प्राकृतिक चिकित्सक संघको केन्द्रीय  उपाद्यक्ष्य हुनुहुन्छ 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा