Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा नजान स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको अपिल

खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा नजान स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको अपिल


खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा नजान स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले शुक्रबार एक अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन्।

उनले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे। अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजान भनेका छन्।‘घरबाहिर खुलास्थानमा नबसौ, नखेलौै, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ,’ उनले जारी गरेको अपिलमा भनिएको छ, ‘घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ। बालबिालका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ।’ यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन्। 

कामना न्यूज

  • शनिवार, चैत्र १४ २०७७०७:१०:२३
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा