Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

ओछ्यानमा ढल्ने बित्तिकै निदाउन सकिने उपाय

ओछ्यानमा ढल्ने बित्तिकै निदाउन सकिने उपाय


ओछ्यानमा ढल्ने बित्तिकै निदाउन सकिने  उपाय

 केही मानिसहरुलाई रातमा निद्रा नै नपर्ने समस्या हुन्छ । निद्रा नपर्ने विभिन्न कारण हुनसक्छन् । रात अबेर ओछ्यानमा जाँदा पनि छिटै निद्रा नलागेपछि विहान उठ्ने बेलासम्म पनि निद्रा नपुग्दा धेरैलाई असजिलो हुन्छ । यहाँ केही त्यस्ता टिप्स प्रस्तुत गरिएको छ जसलाई अपनाउँदा तपाइँ ओछ्यानमा ढल्ने बित्तिकै निदाउन सक्नुहुनेछ:

- सुत्नु अगाडि सरीर हल्का हुने केही काम गर्नुहोस्, जस्तै हल्का व्यायाम, तातो पानीले नुहाउने आदि ।

- कोठालाई निद्राअनुकुलित पार्नुहोस् । यसका लागि कोठाको तापक्रम सन्तुलित राख्ने, तथा बाहिरबाट प्रकाश आउने समस्या भएमा गाढा रङको पर्दा झ्यालमा लगाउने ।

- मोबाइल फोनमा अलार्म नलगाउने । यदि मोबाइल फोनमा अलार्म लगाइयो भने त्यो मोबाइल ओछ्यानमै राखिन्छ । यसो हुँदा निद्रा नपरुन्जेल मोबाइल चलाइहालौँ भन्ने लाग्छ र अलिकति आँखा खुल्दा पनि मोबाइलमै हात जानसक्छ । कहिलेकाहीँ मोबाइलमा फोन आएर निद्रा भंग पनि गर्नसक्छ ।

- लामो स्वास फेर्ने । सुत्दाखेरि लामो स्वास तान्ने र फ्याँक्ने गर्दा सरीरमा पर्याप्त अक्सिजन प्रवाह हुन्छ जसले गर्दा तपाइँलाई आराम मिल्न गई निद्रा पर्छ ।

- ओछ्यानबाट उठ्नुहोस् । सुतेको ३० मिनेटसम्ममा पनि निद्रा परेन भने ओछ्यानबाट उठ्नुपर्छ । तपाइँले आफ्नो सरीरलाई नसुताउनका लागि तालिम दिइरहनुभएको छ तर झुट ठान्नुहोस् र नसुत्नुहोस् । यसो गर्दा मस्तिष्कमा यक प्रकारको निद्राभाव जाग्छ । शान्तसँग केही काम गर्नुहोस् जस्तै किताब पढ्ने, मन्द ध्वनीमा संगीत सुन्ने वा केही खाना बनाउने आदि । यसो गर्दा निद्राको महसुस हुन थाल्छ ।

- भोलि के होला ? अर्को हप्ता के होला ? अब के गर्नेहोला ? भन्ने जस्ता चिन्ता मनबाट हटाउनुहोस् ।

- कुनै सुन्दर दृश्य वा अनुभवको सम्झना जो दिउसो तपाइँले अनुभुत गर्नुभएको थियो ।

- दिउसोमा पर्याप्त व्यायाम गर्नुहोस् ।

- सिरानी राम्रो हुनुपर्छ । सिरानीले तपाइँको शीर तथा घाँटीलाई सन्तुलनमा ल्याउने काम गर्छ । सिरानी कस्तो छ भन्ने कुराले निद्राको समय तथा गुणस्तरमा समेत प्रभाव पारेको हुन्छ ।

कामना न्यूज

  • बुधवार, चैत्र ११ २०७७०९:१९:२९
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा