Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

त्रिभुवन विद्यालयमा पुनः पठनपाठन शुरु

त्रिभुवन विद्यालयमा पुनः पठनपाठन शुरु


त्रिभुवन विद्यालयमा पुनः पठनपाठन शुरु

काठमाडौँ । चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो । 

 विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले भने, “विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको मृत्यु र केही घाइते भएपछि बुधबार क्व्होलासोथर गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार बन्द गरिएको र बिहीबार विद्यालयले शोक मनाएकाले बन्द भएकामा आजदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ ।” विद्यालय सञ्चालनमा आए पनि थोरै विद्यार्थी मात्र उपस्थित भएको उहाँको भनाइ छ । 

विद्यालयमा विद्यार्थी रहेकै बेला चट्याङ पर्दा तीन विद्यार्थी गम्भीर घाइते भएका थिए । घाइतेपश्चात् हेलिकप्टरमा उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पु¥याइए पनि कक्षा १० मा अध्ययनरत १७ वर्षीय विनोद विकको मृत्यु भएको थियो । गम्भीर घाइते छविन्द्र गुरुङ र अंशु गुरुङ उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानाध्यापक गुरुङको भनाइ छ ।

 विसं २०५२ मा स्थापना भएको यस विद्यालयमा हाल २६६ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस विद्यालयमा वाइफाइको तार, बिजुलीको तारमा समेत क्षति पु¥याएकामा अझै अवरुद्ध भइरहेको छ । 

कामना न्यूज

  • शुक्रवार, चैत्र ६ २०७७०२:३६:२७
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा