Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

पिनासको पूर्ण निदानको लागि नेचुरल मेडिसिन

पिनासको पूर्ण निदानको लागि नेचुरल मेडिसिन


पिनासको पूर्ण निदानको लागि नेचुरल मेडिसिन

पिनासको पूर्ण निदानको लागि नेचुरल मेडिसिन -

के हो पिनास ?

पिनासलाई मेडिकल भाषामा साइनासाइटिस भनिन्छ ।साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। सामान्य अवस्थामा त्यो भाग हावाले भरिएको हुन्छ । तर कुनै पनि कारणले जब त्यो भागको नरम झिल्ली वा म्युकस जस्तो तन्तुमा संक्रमण हुन्छ, तब त्यस अवस्थालाई साइनासाइटिस (Sinusitis) अर्थात् पिनास भन्ने गरिन्छ ।

हाम्रो टाउको र अनुहारका पनि ४ जोडि साईनस प्वाल हुन्छन् । यसको प्रत्येक जोडी टाउकोको पाश्र्व भागमा रहेको हुन्छ र तिनीहरुको इन्फ्लामेसनको आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१)फ्रन्टल साइनस (Frontal sinus) – निधारमा हुन्छ।

२) म्याक्जिलरी साइनस (Maxillary sinus) – दुवैतिर गालाको भित्री भागमा ।

३) इथमोइडल साइनस (Ethmoidal sinus) – आखाँहरुको बीचमा ।

४) स्फेनोइडल साइनस (Sphenoidal sinus) – इथमोइडल साइनसको भित्री भागमा ।

किन हुन्छ साइनोसाइटिस/ पिनास?

साइनोसाइटिस हुने मुख्य कारणहरु:

  • साइनसका मुखहरु बन्द हुनु हो जसको प्रमुख कारण एलर्जी र श्वास नलिको भाइरल वा ब्याक्टेरिया संक्रमण हुन्।
  • साइनसहरुको भित्री मार्गमा केहि गरी रोकावट आउनु, हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु नै पिनासको सुरुवात हो।
  • कहिलेकािहं नाकको भित्री भागमा मासु पलाउने पोलिप(Polyp), ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी साइनोसाइटिस गराउनमा भूमिका खेलिरहेका हुन्छन्।
  • नाकको हडडी बाङ्गो हुने अवस्था,
  • रोग प्रतिरोध क्षमतामा कमी, कुनै पनि प्रदुषण, चिसो हावा, जाडो मौसम, आदि ।
  • एलर्जी गराउने कुनै खाना, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं शारीरिक तनावका कारण पिनास हुन्छ ।

- साथै चुरोटको धँुवाले, वायु प्रदुषणको कारणले पनि साइनोसाइटिस हुनसक्छ। - त्यस्तै रुघाको औषधीहरु (एन्टिहिस्टामीनिक्स/Antihistamines – जसले नाकको   तरल पदार्थ कम गरी सुख्खा बनाउँछ)को बढि प्रयोग, सुख्खा मौसमको सुख्खा हावा (आद्रता कम भएको हावा)मा श्वास लिने गर्नाले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थ म्युकस(Mucus)को मात्रामा कमि आइ साइनोसाइटिस   हुनसक्छ।

     कारणहरुको आधारमा यसलाई मुख्य दुई प्रकारमा बाड्न सकिन्छ।

     क) एलर्जीक साइनोसाइटिस

      ख) भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने साइनोसाइटिस

अवधिको आधारमा पिनास दुई प्रकारका हुन्छन्: मुख्य गरि पिनास दुई प्रकारको हुन्छ । एउटा एक्युट (Acute) र अर्को क्रोनिक (Chronic) पिनास हो।

१) एक्युट (Acute) साइनोसाइटिस (पिनास): ३० दिन भन्दा कम समयको पिनासलाई एक्युट साइनोसाइटिस भनिन्छ। जसमा १० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

२) क्रोनिक (Chronic)  साइनोसाइटिस (पिनास): ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको (nasal polyp) पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनासको लक्षणहरु:

    यसका मुख्य लक्षणहरु निम्न हुन्।

    १) नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने,

    २) नाक बन्द भइरहने,

    ३) टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,

    ४) सँघ्ने शक्तिमा कमि आउने आदि

५) कसैकसैमा विशेष गरी एक्युट साइनोसाइटिसमा ज्वरो आउने जीउ दुख्ने      पनि हुन्छ।

६) त्यस्तै टाउको विशेष गरी अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने  हुन्छ।

७) म्याक्जिलरी साइनोसाइटिस भएको हो भने माथिका दाँतहरु दुख्ने , गालातिर दुख्ने र इथमोइडल साइनोसाइटिस भएको हो भने आँखाहरुको पछाडि दुख्ने हुनसक्छ।

 प्रारम्भिक लक्षण

  •  नाक बुझिनु   
  •  शिरमा अत्यन्त पीडा 
  •  नाक सुक्खा हुनु 
  •  श्वासमा दुर्गन्ध 
  •  गन्धबोधमा कमी हुनु 
  •  निरन्तर रुघा लाग्नु 
  •  नाक तथा अनुहारवरिपरि सुन्निएको अनुभव हुनु 
  •  निरन्तर सिँगान बग्नु 
  •  नाकबाट दुर्गन्धित रक्तमिश्रित पहेँलो सिँगान आउनु 
  •  नाकपछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने र घाँटी खसखस हुनु  
  •  साइनस क्षेत्रमा दबाब दिँदा दुख्नु  
  •  स्वर परिवर्तित हुनु  
  •  स्वादग्रहण शक्ति कमजोर हुनु  
  •  बेचैनी बढ्नु  
  •  घाँटी खसखसाउनु । 
  •  थकान महसुस हुनु । 
  •  पटक–पटक हाच्छयुँ आउनु । 

जटिलता बढ्दै जादा:- कुनै बस्तुको स्वाद र गन्ध ग्रहण गर्ने शक्तिमा ह्रास आउने गर्छ । परिणाममा गन्ध थाहा नपाउनु, टाऊँको दुख्ने, रिगंटा लाग्ने, कमजोरी महशुस हुने, रुघाँ लागिरहने, ज्वरो आउने, नाकभित्र मासु पलाउन थाल्ने समस्या हुन थाल्छ । कहिलेकाँही त नाकको दुवै प्वाल नै बन्द हुन जान्छ । पिनासले स्वाप्रश्वासमा बाधा उत्पन्न हुन्छ र त्यसको लागि मुखको सहारा लिनुपर्छ । पिनासले राती सुतेको बेला मुख पनि सुकाउने गर्छ ।

कसरी पत्ता लगाउने 

  •  टाउको दुख्ने र रुघा लाग्ने लक्षणबाट पिनास सुरु हुन्छ । अन्य प्रकारको रुघा सामान्यतया सात दिनमा ठीक हुन्छ । तर, पिनास हुने अवस्थामा रुघा एक दुई–दिनपछि नै रोकिन्छ । यसपछि रुघाले पिनासको रूप धारण गर्छ । पिनास हुँदा प्रायःजसो रुघाखोकी फ्लु दम, श्वास–प्रश्वास प्रणालीको जीर्ण रोगहरू, माइग्रेन, राइनाइटिस, आदि लक्षण पनि देखापर्छ ।  त्यस्तै, पिसाबग्रन्थीवरिपरि दबाउँदा असाध्यै पीडा हुन्छ । 
  • लामो समयसम्म किन साइनोसाइटिस ठिक नभएको भनी कारण थाहा पाउनुपर्ने हुन्छ। यस्ता अवस्थाहरुमा एक्सरे, सिटि स्क्यान, रगतको जाँच (सेतो रक्तकोषहरुको संख्या, प्रकार, इ एस आर/ESR, ANCA को मात्रा), साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ।
  •  एक्स–रे वा सिटी स्क्यान गरेर पिनास ग्रन्थीमा कफ जमे/नजमेको पत्ता लगाउन सकिन्छ । 
  • साथै लामो समयसम्म ठिक नभएका यस्ता क्रोनिक साइनोसाइटिसहरुको बारेमा नाक कान घाटी रोग विशेषज्ञसँग छलफल गरी सल्लाह लिनु उपयुक्त हुन्छ।

 

योग तथा प्राकृतिक उपचार:

पश्चिमी चिकित्साविज्ञान (एलोप्याथिक)ले यसका लक्षणको मात्र उपचार गर्छ । विशेष गरि लक्षण अनुसार विभिन्न टपिकल डिकन्जेस्टेन्ट/ स्टेरोइड / म्युकोलाइटिक / एन्टिबायटिक्स आदि चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गरे उपयुक्त हो। सामन्यतया यस रोगलाइ जटिल मानिएता पनि जिवनशैली, खानपान र योग तथा प्राकृतिक चिकित्सा विधिबाट यसको सहजै उपचार गर्न सकिन्छ ।

पिनासरोगबाट ग्रसित रोगिको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्येनजर राखेर योग तथा प्राकृतिक पद्दतिमा समष्टिगतरुपमा उचित औषधी र उपचारको छनौट गरिन्छ ।

प्राकृतिक उपचारः

प्राकृतिक तरीकाले, प्राकृतिक संपदाको उपयोग गरी गरीने जडीबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदी उपचार पद्घतिहरू रोगको प्रकृति र अवश्था हेरेर दिईन्छ । यी उपचार पद्दतिहरुले दुखाइ कम गराउने, नाकको सफाई गर्ने, संक्रमण कम गराउने, साथै दिर्घ समाधान दिदै साइनसहरुलाई मजवूत बनाउछन ।

अकुपंचरः

अकुपंचर परम्परागत चाईनीज उपचार पद्यतिको एउटा आयाम हो । शरीरका विभिन्न विन्दुहरूमा पातलो सियो राखेर विद्युतिय तरंगहरू प्रवाह गराएर वा नगरीकनै तन्तुलाई उत्तेजीत गराई उपचार गरिन्छ ।प्रतिरोधात्मक शक्ति बढाउनुको साथै दुखाई कम गर्न पनि यस विधिले प्रभावकारी सहयोग गर्छ ।

कलर थेरापी:

भिबिन्न कलरको आ आफ्नै औषधीय गुण भएको हुन्छ । पिनासको समस्यामा इन्फ्रा-रेड लाइटको प्रयोगले दुखाइ कम गर्ने, सुजन घटाउने, मासुको डल्लो पोलिप सुकाउने जस्ता उपयोगी काम गर्दछ ।

शटकर्म( जलनेती/ रबर नेती ):

नाकबाट विभिन्न औषधिय तरल पदार्थ वा सलाइन पानि वा रबर क्याथेटर पठाएर पिनास एवं नाकका अन्य समस्यामा चिकित्सकको प्रत्यक्ष निगरानीमा प्राकृतिक उपचार गरिन्छ । शटकर्मले नाकमार्गमा रहेका संक्रमण हटाई नाक अवरोध ठीक हुन्छ ।

तेल मालिस : तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।

स्टिम थेरापी : औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन सकिन्छ ।

योग थेरापी (आसन, प्राणायाम,ध्यान ):

स्वासप्रस्वासको गतिसंगै गरिने बिभिन्न आसनहरु, सफाई गर्ने, ताप दिने, ब्यालेन्स गर्ने प्राणायाम र ध्यान विधि विज्ञसंग परामर्श लिएर गर्नु आवस्यक हुन्छ । रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले सम्पूर्ण रोगहरुमा फाइदा हुन्छ ।

खानपान/भोजन/पोषण:

खाना नै औषधिय गुण भएको हुनु पर्दछ। सत्तुलित भोजनको सेवन गर्न आवश्यक हुन्छ । र, आहारमा भिटामिन-सीलाई अनिवार्य गर्दा राम्रो हुन्छ । स्वस्थ खानपानमा प्रशस्त पानी तथा क्याल्सियम,मिनिरल्स, भिटामिनयूक्त शाकाहारी खाना महत्वपूर्ण हुन्छ ।

त्यस्तै तुलसी एवं बेसार पानी पिउने र बाफ लिने, उपयोगी जडिबुटीहरु, बेसार, मोथे, अदुवा, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली खाँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

जडिबुटि, पोषन तत्व साथै प्रसस्त मात्रामा हरियो सागपात, फलफुल, अंकुरित भोजन प्रयोग गर्नु जरुरि छ।

तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खाना खाने, चिसो मौसमबाट बच्ने नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने, नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने,दुग्ध पदार्थ अत्यन्त कम खाने ।

पिनास हुँदा खान नहुने कुराहरु:

पिनासको रोग लाग्दा दही, दुध, माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा,गंद्रुक, किनिमा, सिन्की,साझामा सागले असर पर्दछ । गलाएको, सिसि बट्टामा राखेको अचार, फ्रीजमा राखेको चिसो पेय पदार्थ आदि प्रयोग नगर्ने ।

  यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।

यस्का साथै मध्यपान, धुम्रपान, चिनी, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्छ। भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने, , अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने।

बच्ने ऊपाय

  •  तातो झोल पदार्थ प्रशस्त पिउने 
  •  तातो र न्यानो खाना खाने 
  •  चिसो मौसमबाट बच्ने 
  •  नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने 
  •  नाक, मुखलाई धुवाँ, धुलोबाट बचाउन माक्स प्रयोग गर्ने 
  •  दुग्धपदार्थ अत्यन्त कम खाने 
  •  भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने 
  •  नियमित प्राणयाम तथा व्यायाम गर्ने 
  •  अत्तर तथा सुगन्धित वस्तुको ज्यादा प्रयोग नगर्ने 
  •  धूम्रपान त्याग्ने, दही, दूध, माछा, मासु, अन्डा, पिरो, गाढेको अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, कोक फेन्टा, रक्सी, बियरजस्ता पेयपदार्थ खानुहुँदैन ।
  •  आवश्यकतानुसार तुलसी एवं बेसार पानी पिउने र बाफ लिने पिनासमा उपयोगी जडीबुटीहरू
  •  बेसार, मोथे, अदुवा, करञ्ज, हिङ, देवदारू, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली इत्यादि ।
  • नाक सफा गर्दा पनि जोड गरेर बल लगाउनु हुँदैन । यसो गर्दा कानको भित्री जालीमा असर पुग्ने गर्छ ।

 

डा. दिनेश राई

doctor

  • शुक्रवार, फाल्गुन २८ २०७७०१:५०:५८
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा