Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

सुरज के सि राष्ट्रिय लोक तथा दोहोरि प्रतिष्ठान दक्षिण कोरियाको अध्यक्षतामा निर्वाचित

सुरज के सि राष्ट्रिय लोक तथा दोहोरि प्रतिष्ठान दक्षिण कोरियाको अध्यक्षतामा निर्वाचित


सुरज के सि राष्ट्रिय लोक तथा दोहोरि प्रतिष्ठान दक्षिण कोरियाको अध्यक्षतामा निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान दक्षिण कोरिया शाखाको दोश्रो अधिवेशन  भब्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठान कोरियाका अध्यक्ष जितन भाइ श्रिष को सभापतित्व र NRNA दक्षिण कोरियाका उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा सचिव आर.के. पौडेलको वार्षिक प्रतिवेदन सचिबको अनुपस्थितमा कृष्ण बस्यालले र कोषाध्यक्षकोआर्थिक प्रतिवेदन सह कोषाध्यक्ष बिष्णु पाण्डेले प्रस्तुत गरेका  थिए । दुबै प्रतिवेदन  माथि छलफल गरि सर्वसम्मत रूपमा पारित गरिएको थियोे ।

158002866_189974029590522_2530712677202604809_n.jpg कार्यक्रममा बोल्दै प्रमुख अतिथि  यदु लामिछानेले  NRNA दक्षिण कोरियाले संस्थागत रूपमा गित संगित र साहित्यको जगेर्ना गर्न प्रतिष्ठान कोरिया संग हातेमालो गरेर अगाडि बढ्ने कुराको जानकारी गराएका थिए  । प्रतिष्ठान कोरिया सल्लाहकार मित्र बन्धु काफ्लेले प्रतिष्ठानले गरेका हरेक गतिविधिहरूलाई नियाल्दै अन्य शाखाहरूको तुलनामा उत्कृष्ट काम गर्न सफल भएको र केन्द्रले पनि कोरिया शाखालाई उत्कृष्टको सुचिमा राखेको र त्यो स्थानलाई टिकाई रहनकालागि सबैलाई अझ बढि जिम्मेवारीका साथ लाग्नका लागि अनुरोध गर्दै  अध्यक्ष जितन भाइ श्रिषलाई सम्मान गरेका थिए  । कार्यक्रममा अतिथिको तर्फबाट सल्लाहकार बिरू कार्की र अर्चना क्षेत्रीले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

korea.jpg
अध्यक्ष जितन भाइ श्रिषले  आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई विषेश धन्यवाद दिदै उत्कृष्ट सदस्य रेविका लामिछाने र खिम छन्त्याल लाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका थिए ।
दोश्रो अधिवेशनको निर्वाचन सत्रको नेतृत्व गरेका निर्वाचन संयोजक मित्र बन्धु काफ्लेले निर्वाचन प्रक्रियालाई सहमतिय तवरले अगाडि बढाएर एक आपसमा आदर भावको बिकास भएको कुरा राख्दै अन्य संघ संथाहरूले पनि यहि पद्धति अवलम्बन गरे संस्था सुधारमा उल्लेखनीय उपलब्धि हुने कुरा ब्यक्त गरेका थिए ।
अधिवेशन समापन पछि मौलिक गित संगित प्रसतुत गरिएको थियोे । 
नवनिर्वाचित  अध्यक्ष सुरज के सि लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ।
 
अध्यक्ष :-  सुरज के .सि
ब उपाध्यक्ष :-  रमिला गौतम
उपाध्यक्ष :- रेबिका लामिछाने 
उपाध्यक्ष :- टीका पौडेल
उपाध्यक्ष :- खिम छन्याल
सचिव :- ललित गिरि
सहसचिव :-  कृष्ण बस्याल 
कोषाध्यक्ष :- बिष्णु पाण्डे 
सह कोषाध्यक्ष :- सन्तोष बि सि
प्रवक्ता :- आर. के. पौडेल
सदस्यहरू :-
शान्ति गुरूङ
दिनेश राज पाण्डे 
सुमन चापागाईं
राज खाम्चा मगर
शैलु शर्मा
मिता गुरूङ
पारू आले मगर
अमृत चापागाईं
धनु गुरूङ
सुदिप सदाशंकर
ऋतु थापा
दिब्या शाहि
हिरा छन्त्याल 
भगवान छन्त्याल 
नमुना पौडेल
अर्चना क्षेत्री

कामना न्यूज

  • सोमवार, फाल्गुन २४ २०७७१२:२३:१३
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा