Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित,मृत्यु सून्य

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित,मृत्यु सून्य


पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित,मृत्यु सून्य

काठमाडौँ-नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ।

देशभर हालसम्म ८३२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ६ हजार १ सय ४३ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४६, ललितपुरका ५ तथा भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ।

कामना न्यूज

  • शुक्रवार, फाल्गुन २१ २०७७०४:०६:०८
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा