Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

राष्ट्रसंघलाई म्यानमार सेनाको जवाफः प्रतिबन्धको सामना गछौँ 

राष्ट्रसंघलाई म्यानमार सेनाको जवाफः प्रतिबन्धको सामना गछौँ 


राष्ट्रसंघलाई म्यानमार सेनाको जवाफः प्रतिबन्धको सामना गछौँ 

काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई आफुहरु प्रतिबन्धको सामना गर्न तयार रहेको बताएका छन् । सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा सत्ता आफ्नो हातमा लिएको विषयलाई लिँदै फेब्रुअरी १ मा राष्ट्रसंघले म्यानमारमाथि प्रतिबन्धको चेतावनी दिएको थियो । चेतावनीको जवाफमा म्यानमारको सेनाले राष्ट्रसंघका प्रतिनिधिलाई यस्तो जवाफ फकाएको हो ।

म्यानमारको लागि राष्ट्रसंघकी प्रतिनिधि क्रिस्टाइन स्क्रानर बर्गेनरले दक्षिणपूर्वी एसियाका मुलुकलाई म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न आग्रह गरेकी छिन् । बर्गेनरले बुधबार सैन्य कूविरुद्ध प्रदर्शन गर्ने ३८ जना प्रहरी दमनमा मारिएको बताएकी छिन् ।
सेनाले सत्ता आफ्नो हातमा लिएपछि बुधबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारी मारिएका हुन् । शुक्रबार बर्गेनरले राष्ट्रसंघको सुरक्षा परिषद्मा म्यानमारमा विकसित घटनाबारे जानकारी दिनेछिन् ।

बर्गेनरले म्यानमारका सहायक प्रमुख सोइ विनसँग छलफल गरेकी थिइन् । छलफलको क्रममा उनले म्यानमारमाथि राष्ट्रसंघले प्रतिबन्ध लगाउने चेतावनी दिएकी थिइन् ।

उत्तर यस्तो थियो ‘हामीले प्रतिबन्ध यसअघि पनि भोगेका थियौं र हामी बाँचेका पनि थियौं । अब हामीले केही सीमित साथीहरुको साथमा अघि बढ्नुपर्ने हुन्छ’, उनले भनिन् ।

अमेरिका, बेलायत, क्यानडा र ईयूले भने म्यानमारको सेनाको आलोचना गर्दै प्रतिबन्धको चेतावनी दिँदै आएका छन् । चीन र रुसले भने यो म्यानमारको आन्तरिक मामिला भएको बताउँदै आएका छन् । एजेन्सी 

कामना न्यूज

  • बिहिवार, फाल्गुन २० २०७७०१:३१:४४
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा