Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

यौन दुर्व्यवहारको कारण यि मन्त्रीले दिए राजिनामा !

यौन दुर्व्यवहारको कारण यि मन्त्रीले दिए राजिनामा !


यौन दुर्व्यवहारको कारण यि मन्त्रीले दिए राजिनामा !

काठमाडौं – आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा सम्बन्धी आरोपबारे अनुसन्धानलाई सहज बनाउन भन्दै भारतको कर्नाटक प्रदेशका मन्त्री रमेश जरकीहोलीले बुधबार अकस्मात राजीनामाको घोषणा गरेका छन् ।

मन्त्री रमेशले आरोपबारे अनुसन्धानका लागि नैतिक रूपमा राजीनामा दिएको जनाएका छन् । उनले आफू निर्दोष रहेको दाबी समेत गरेका छन् ।
मन्त्री रमेशले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गर्दै अनुमोदनका लागि गभर्नरसमक्ष पठाएका छन् ।

यसअघि रमेशमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले १ महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । दिनेशले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन कुराकानी समेत सार्वजनिक गरेका थिए ।

दिनेशले प्रहरीमा मन्त्री रमेशविरुद्ध उजुरी समेत दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफू पीडितको आफन्त पनि नभएको उनले स्पष्ट पारेका थिए ।

सत्तारूढ पार्टीका नेताहरूले राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुनसक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने प्रतिक्रिया दिएका छन् । एजेन्सीको सहयोगमा 

कामना न्यूज

  • बुधवार, फाल्गुन १९ २०७७०३:५८:२९
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा