Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त

आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त


आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त

काठमाडौं। नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पदावधि आजबाट सकिएको छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल आजबाट सकिएको हो । 

दुबै डेपुटी गभर्नरले अवकास पाए पनि नेपाल सरकारले भने अहिलेसम्म कुनै पनि प्रकृयाँ अगाडि बढाएको भने छैन । डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार मन्त्रिपरिषदले गभर्नरको सिफारिसमा नियुक्त गर्ने कानुनी व्यवस्था रहन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीको अधिकृतहरु मध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नु पर्ने हुन्छ।

यसका लागि सबैभन्दा पहिला गभर्नरले कम्तिमा पनि चार जनाको नाम अर्थमन्त्री समक्ष सिफारिस गर्ने छन्। उक्त चार जना मध्येबाट दुई जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा नियुक्तिको लागि सिफारिस गर्न सक्ने छन्। त्यसैले गर्दा राजनीतिक समिकरण र पहुँचका आधारमा डेपुटी गभर्नरको पद निर्धारित हुनेछ।

यसै ऐन अनुसार डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त हुने व्यवस्था छ। हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा १७ जना रहेका छन्। वरियताका आधारमा हेर्ने हो भने सबैभन्दा अगाडि भुवन कर्डेल रहेका छन् भने अन्तिममा राम बहादुर मानन्धर रहेका छन्।

तर, डेपुटी गभर्नरका लागि नेपाल सरकार र गभर्नर दुबै पक्षबाट मन जितेको कार्यकारी निर्देशकले बाझी मार्ने छन्। पछिल्लो राजनीतिक घटना क्रमले डेपुटी गभर्नरको नियुक्तिमा संसय पैदा भएको छ। पछिल्लो समयमा राजनीतिमा आएको उथलपुथलले गर्दा डेपुटी गभर्नरको नियुक्ति ओझेलमा परेको हो।

डेपुटी गभर्नर राष्ट्र बैंकको दोस्रो शक्तिशाली पद हो। सरकारलाई आर्थिक सल्लाह प्रदान गर्नेदेखि लिएर समग्र बैंकिङ प्रणाली सञ्चालनका लागि डेपुटी गभर्नरको पद शक्तिशाली मानिन्छ। यदि अहिलेकै सरकारले डेपुटी गभर्नरको नियुक्ति गर्यो भने डा. प्रकाश श्रेष्ठ, देव कुमार ढकाल, निलम तिमल्सिना, बम बहादुर मिश्र लगायतले बाजी मार्ने चर्चा चलिरहेको छ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७१२:४५:१७
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा