Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

रेशमको रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन गछौँः राजेन्द्र महतो

रेशमको रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन गछौँः राजेन्द्र महतो


रेशमको रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन गछौँः राजेन्द्र महतो

काठमाडौँ । रेसम चौधरीलाई रिहाई नगरे जनता समाजवादी पार्टीले जेल भराउ अभियान चलाउने चेतावनी दिएको छ । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताएका हुन् । 
उनले रेशमलाई जेलमा राखिरहने तागत अब कसैसँग नभएको समेत बताए ।

धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘रशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन। रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ, हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन।’

कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ प्रहरीको हत्या भएको थियो।

उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् । घटनापछि फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए।

निर्वाचन जितेपछि रेशम जिल्ला अदालतमा हाँजिर भएका थिए। अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ। हाल उनी डिल्लीबजार कारागारमा छन्। जेलमै रहेका बेला रेशमलाई सांसद पदको शपथ खुवाइएको थियो।

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७१२:३०:२५
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा