Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

१०० औँ जन्मोत्सव मनाउने राजकुमार फिलिपलाई बिसन्चो

१०० औँ जन्मोत्सव मनाउने राजकुमार फिलिपलाई बिसन्चो


१०० औँ जन्मोत्सव मनाउने राजकुमार फिलिपलाई बिसन्चो

 बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि परीक्षण समेत गरिएको छ ।

उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् ।लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्,’ एक अधिकारीले भने ।

उनको मुटुमा सङ्क्रमण देखिएको बताइएको छ । राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीया भने अहिले ९४ वर्ष भएकी छन् ।उनीहरु दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।

१०० औँ जन्मोत्सव मनाउने राजकुमार फिलिपलाई बिसन्चो 
लण्डन ,एएफपी

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७११:४०:५१
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा