माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि समस्या लिएर अस्पताल पुग्ने विरामीमध्ये करिब ७ देखि ८ जनालाई माइग्रेन सम्बन्धि समस्या हुने गर्छ। विभिन्न खोज अनुसार नेपालमा १८ प्रतिशत महिला तथा १४ प्रतिशत पुरुषमा यो समस्या देखिएको छ। हर्मोनको गडबडी, गर्भनिरोधक चक्कीको सेवन लगायतका कारण पनि यो समस्या महिलामा बढी देखिने गरिन्छ । २०१६ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारका १ अर्ब मानिस माइग्रेनबाट पीडित छन्। प्रत्येक ७ जनामा १ जनालाई माइग्रेनको समस्या छ। कसैलाई महिनामा एक पटक समस्या पर्न सक्छ अनि कसैलाई हप्तामा एक पटक समस्या आउन सक्छ। कसैलाई छुट्टी नै लिनपर्ने गरी समस्या हुन्छ भने कसैलाई सामान्य हुन्छ। यो समस्या १८ वर्ष देखि ४४ वर्षको उमेर समुहमा धेरै देखिन्छ।
माइग्रेन के हो ?
टाउको दुखाइको कुरा आउनु बितिकै माइग्रेन भनेर निकै परिचित शब्द हो। टाउको दुखाईको विभिन्न प्रकारमध्ये माइग्रेन पनि एउटा प्रमुख प्रकार हो र कहिलेकाही ज्यादै पीडादायक र कस्टकर पनि हुने गर्दछ। यो रोग भएका विरामीमा अकश्मात प्राय आधा भाग टाउको दुखाई सुरु भएर घन्टौसम्म र कहिलेकाहीँ लगातार केहि दिनसम्म दुखने र त्यसपछि बिस्तारै आराम हुदै जाने समस्या देखिन्छ। माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हँदैन। यसलाई अर्को भाषामा ‘इपिसोडिक हेड्याक’ भनिन्छ। कसैलाई हप्तामा एकपटक दुख्न सक्छ, कसैलाई दुईपटक। कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा। जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ।कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ। मस्तिष्कको रक्तसञ्चारमा एक्कासि परिवर्तनका कारण अत्यधिक टाउको दुख्छ । तर, सिटी स्क्यान वा एमआरआई गर्र्दा त्यहाँ कुनै असर देखिएको हुँदैन ।
कसरि हुन्छ माइग्रेन ?
माइग्रेनको प्रमुख कारण भनेकै टाउको भित्रको रक्तनलीको चाल हो। टाउको भित्रको रक्तनली सामान्यरुपले फुल्ने र खुम्चिने गर्दछ। तर कुनै कारणले यो एक्कासि ज्यादै खुम्चने र फुल्ने भएमा ती रक्तनलीहरुका वरीपरीका स्नायुहरु ९नसाहरु० तन्किन्छन् र ती स्नायुहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्छन्, जसले टाउको दुखाई तथा माइग्रेनका अन्य लक्षणहरु देखिने हुन्छ। टाउको र मस्तिष्कका रक्तनलीहरु किन त्यसरी फूक्ने गर्छन् भन्ने कुराको चाहिँ निश्चित कारण यकिन गर्न नसके पनि हर्मोनको गडबडी, अन्य हर्मोन औषधिको प्रयोग, हर्मोनयुक्त परिवार नियोजनका साधन प्रमुख कारक मानिन्छ। यद्यपि, कसैमा अत्यधिक तनावका कारण, अस्तव्यस्त जीवनशैली, अस्वस्थकर खानपान, विधुतीय उपकरण मोबाइल, कम्प्युटर, टिभी, आदिको ज्यादा प्रयोग, आखालाई ज्यादा दबाब हुने काम, चर्को घाममा ज्यादा बस्नु, अत्यधिक मद्यपान र धुम्रपान गर्ने, साथै माइग्रेन भएकामध्ये दुई तिहाइलाई वंशानुगत कारणले पनि यो रोग हुन्छ। जो समय–समयमा दोहोरिइरहन्छ । विभिन्न बाह्य कारणले माइग्रेन बल्झिने गर्छ ।
माइग्रेनका कारण टाउको दुखेमा खाना सानो आन्द्रामा ढिलो गरी पुग्ने गर्छ । जसले गर्दा शरीरको पाचन प्रणालीमा विपरित असर पर्छ । साथै, चर्को घाम, बत्तीको प्रकाश तथा आवाज प्रति संवेदनशीलता बढ्न थाल्छ । त्यस्तै, फुलको गन्ध, डियोड्रेन्ट तथा परफ्युमबाट निस्कने कडा गन्धले पनि माइग्रेन हुनसक्छ ।माइग्रेनको प्रकारस्
माइग्रेन दुई प्रकारको हुन्छ— विथऔरा र विद्आउट औरा ।
क) औरा सहित माइग्रेनस् २०/३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत हाम्रो शरीरलाई जानकारी मिल्छ। त्यस अनुरुप दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने, तिरमिर हुने, आखाको गेडी दुखने, टाउको भारि हुने, लक्षण देखियो भने यसलाई औरा भनिन्छ । त्यसपछि बिस्तारै टाउको दुख्ने बढ्दै जान्छ ।
ख) औरा रहित माइग्रेनस् कतिपयलाई कुनै पूवैसंकेत बिना पनि माइग्रेन हुन्छ ।
कतिपय बिरामीलाई कुनै गन्धका कारणले टाउको दुख्न थाल्छ । सडाइएको वा अमिल्याएको वा फिज आउने, बट्टा,प्याकेटको, फ्रिजको, तारेको आदि परिकार खाँदा बिरामीको टाउको दुख्न थाल्छ । भिडभाड, चर्को घाम, धेरै उज्यालोले पनि टाउको दुख्न थाल्छ र कतिपय बिरामी बत्ती निभाएर एकान्तमा वा अँध्यारोमा बस्न रुचाउँछन् ।
बिरामीलाई टाउको दुख्दा २ घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ र कतिपयलाई वान्ता हुने नि गर्दछ। यो माइग्रेनको खास लक्षण हो । कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधिले समेत काम गर्दैन ।
माइग्रेनको लक्ष्यणहरुर कसरी थाहा पाउने ?
माइग्रेनको लक्ष्यणहरु बिरामी पिच्छे फरक–फरक हुन सक्छ । समग्रमा माइग्रेनका लक्ष्यणहरु यसप्रकार उल्लेख गर्न सकिन्छ:
– टाउकाको एक भाग मात्र दुख्छ, कोही कोही बिरामीमा दुवै भागमा समेत दुख्छ ।-
दुखाइको प्रकार:
मंध दुखाईबाट सुरु भएर धब धब throbbing & pulsating pain हुन्छ।
दुखाईको भाग- प्राय टाउको अघाडी वा पछाडी एक पाटा वा दुवैमा हुन सक्छ ।
– वाकवाकी लाग्ने, बान्ता हुने र बान्ता भएपछि दुखाइ कम हुने ।
– उज्यालो प्रकाश, कडा गन्ध, आदि सहन नसक्ने,
– घाम, होहल्ला वा गाडीमा हिंडेपछी टाउको दुख्ने,
-कतिपयमा निद्रा नलाग्ने, थकान महसुस हुने र चिढचिढापन हुन्छ । त्यस्तै, कसैलाई लामो समयसम्म मन्द तरिकाले टाउको दुखिरहन्छ ।
– महिनामा एक पल्ट देखी बढीमा ४र५ पटक सम्म टाउको दुख्ने ।
– निधार तथा कन्चट दुख्ने, सहन नसक्ने सम्मको टाउको दुख्ने ।
– रिस उठ्ने, धेरै उज्यालो प्रकाश र आवाजसँग ुइरिटेसनु हुने हुन्छ ।
– टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, आदि ।
– कहिलेकाहीं निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ।
- चक्कर आउने, थकान महसुस हुनु, भोक कम लाग्नु, पसिना धेरै आउनु, आदि ।
-यस्तो अवस्था चारदेखि ७२ घन्टासम्म हुने र बाराम्बार यस्तै घटना भइरहने हुन्छ।
माइग्रेनको जाच:
यदि तपाइलाई कुनै पनि प्रकारको टाउको दुखाई छ भने आफ्नो नजिकको अस्पतालमा गएर जचाउनु पर्दछ। माइग्रेनको समस्यामा खासै धेरै जांच गर्नु भन्दा यसको लक्षणबाट नै धेरै थाहा पाउन सकिन्छ। डाक्टरले सिफारिस गरे अनुसारको साधारण चेकजाच गरे पछि तपाईको शरीरको अवस्था थाहा हुन्छ । साथै जसलाई टाउको दुखाइ कम हुदैन उहालाई टाउकोको सिटि स्क्यान वा एम।आर।आइ। जाच गरि टाउको भित्रको अरु कुनै नराम्रो खराबी छ छैन भनि जाच गर्नु राम्रो हो । यसबाट अन्य कुनै खतरा पूर्ण टाउको दुखाईको कारण जस्तै ट्युमर पलाएर, रगत जमेर, पानि जमेर, आदिबाट टाउको दुखेको छुट्याउन सकिन्छ। डाक्टरको सल्लाह सुझाब अनुसार मात्र औषधि खाने र उपचार गर्ने गरौ ।
कसलाई हुनसक्छ माइग्रेन:
यस किसिमको टाउको दुखाईले १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई बढी प्रभावित पार्छ । परिवारमा पहिले कसैलाई माइग्रेनको समस्या भएमा पनि उक्त परिवारका अन्य सदस्यलाई माइग्रेनको जोखिम ३ देखि ४ गुणा बढी हुने गर्छ । त्यसैले पनि माइग्रेन भएको शंका लागेमा तुरुन्तै चिकित्सकसंग परामर्श गर्नु पर्छ । र, ब्रेन स्क्रिनिङ्ग गराउनु पर्छ । यस्ता समस्या भएमा तुरुन्त जचाउनु पर्दछ ।
- टाउको अचानक दुखेमा वा टाउकोमा असहनीय पिडा भएमा
- पहिले भन्दा फरक वा पहिले भन्दा धेरै टाउको दुखेमा
- टाउको दुख्नुका साथै उल्टी भएमा,
– हात खुट्टामा कमजोरी महसुस भएमा वा बेहोश भएमा
- दुखाईकै कारण विहान बेलुकीको निद्रा टुटेमा
माइग्रेनको उपचार: योग तथा प्राकृतिक चिकित्सा
माइग्रेनको सहि उपचार गरेमा ठिक हुने रोग हो । यो रोगमा लक्षणको आधारमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन र उपचार गर्नुपर्छ। अवस्था, जटिलता र प्रकार हेरेर विभिन्न प्रकारको दबाईहरु लक्षण कम गर्न प्रयोग गरिन्छ । तर शतप्रतिशत निको हुनको लागि भने प्राकृतिक चिकित्सा विधि अपनाउँदा राम्रो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि पनि फाइदाजनक हो।
मालिस चिकित्सा:
केल्लोग मसाजको प्रयोगात्मक र बैज्ञानिक पक्ष्य अत्यन्त प्रभाकारी र उपयोगी मानिन्छ । टाउकोमा चिसो पट्टी बाध्ने, त्यसपछि टाउँकोमा रहेको विशेष विन्दुहरूमा अकुप्रेसर मालिस दिनु पर्दछ । अर्का कुरा हातको औंलाका टुप्पा टुप्पामा थिच्ने गर्नुपर्छ, औँलाको टुप्पामा घुमाई–घुमाई थिच्ने, यो क्रम हात र खुट्टाको प्रत्येक औँलामा १ देखि ३ मिनेटसम्म गर्नुपर्छ । यस्तैस कुहिनामा, हत्केलाको बीच भागमा पनि प्रेसर दिने र बुढी औँला, चोर औँलाको कापमा प्रेसर दिने, यस्तोगर्दा टाउको दुखाइ तत्कालै कम हुन्छ।
जलचिकित्सा:
टाउको दुख्यो भने चिसो हेड प्याक बाँधेर तातोपानीमा १५ देखि २० मिनेटसम्म खुट्टा डुबाउने गरिन्छ । माइग्रेन मात्रै होइन, अन्य कारणले पनि टाउको दुखेको छ भने यो विधि उपयुक्त हुन्छ। धेरै दुखाई भएमा टाउकोमा चिसो पट्टी ४५ मिनेट बाध्ने, तातो चिसो ३(३ मिनेट सेक्ने विधि ५ पटक सम्म दोहोराउने गर्दा तत्काल दुखाई कम गर्न सकिन्छ। बरफको डल्लोले शिर दुखाइ भएको ठाउँमा हल्कासँग मालिस गरेको, मालिस गर्दा दुखाइ घट्दै गएको र केही बेरको मसाजपछि दुखाइ हटने गर्दछ।
यसमा नाकमा नुनपानी पठाएर उपचार गर्न सकिन्छ । माइग्रेनले आँखामा धमिलो जस्तो हुन्छ, यस्तो बेलामा आई वास गराउने । टाउको दुखेको छ भने चिसोपानीको धारा टाउकोमा चुहाउने अनि थिचिराख्ने । घाममै बसेर दुखेको छ भने चिसो पट्टि आँखामा लगाएर बस्ने । यस्ता सामान्य प्रक्रिया गर्दा पनि राम्रो हुन्छ।
योग विज्ञान:
योग बिधि गर्दा जहिले पनि क्ष्ब्थ्त् अप्रोचमा गर्दा लाभदाई हुन्छ । आसन, प्राणायाम, ध्यान, क्रियाको सन्तुलन र समाबेसी गरेर गर्नु पर्दछ ।यसको लागि उपयुक्त योग शिक्षक वा चिकित्सकको सल्लाह र निगरानी गर्नु आवस्यक हुन्छ ।
खुल्ला, शान्त र हावा खेल्ने ठाउँमा आरामले निश्चित आसन अर्धशीर्षासन तथा मत्स्यासन, पस्चिमोत्तासन, सेतुबन्धआसन गर्ने, त्यसपछि बसेर १० देखि १५ मिनेट अनुलोम विलोम प्राणायाम, गर्मीमा पाँचदेखि १० पटक शीतली प्राणायाम गर्ने । अनि पाँचरपाँच पटक ब्रह्मा मुद्रा तथा गर्धन, कान, कञ्चट तथा अनुहारको मालिस गर्ने ।
अन्त्यमा भिज्युलाइजेसनमा आधारित विश्राम ध्यान गर्ने । माइग्रेनको आक्रमण हुने लक्षण देखा पर्यो भने वा भयो भने अँध्यारो कोठामा बसेर शीतली प्राणायाम तथा अनुलोम विलोम प्राणायाम गर्ने । अनि पाँच पटक लामो र गहिरो सास लिने र बैज्ञानिक आराम विधि गर्ने ।
अकुपंचरः
अकुपंचर परम्परागत चाईनीज उपचार पद्यतिको एउटा आयाम हो । शरीरका विभिन्न विन्दुहरूमा पातलो निडल राखेर विद्युतिय तरंगहरू प्रवाह गराएर वा नगरीकनै तन्तुलाई उत्तेजीत गराई उपचार गरिन्छ । विभिन्न खोज अनुसन्धान अनुसार अचुपंचरको प्रयोगबाट दुखाई कम हुने तथ्य छ। यो बिधिबाट वाकवाक लाग्ने, वान्ता हुने समस्या पनि कम गर्न सहयोग गर्छ । अचुपंचर विधिको निश्चित डोज र समय अवधि हुन्छ, उपयुक्त चिकित्सक सल्लाह अनुसार गर्नुपर्दछ ।
खानपान र जडिबुटी:
खाना नै औषधिय गुण भएको हुनु पर्दछ। माइग्रेन अट्याक वा टाउको दुखाइ कहिले कहिले हुन्छ, के गर्दा हुन्छ, के खाँदा हुन्छ भनेर ध्यान पुर् याउनुपर्छ। सन्तुलित आहारले माइग्रेनको समस्या अन्त्य हुन सक्छ । खानामा ओमेगा थ्री फ्याट एसिड र भिटामिन बीको प्रयोग गर्नु राम्रो हुन्छ। सकेसम्म म्याग्नेसियम र हरियो सागपातको बढी प्रयोग गर्नुपर्छ ।निश्चित समय तालिका अनुसार बिहान देखि साझ सम्मको खानपान मिलाएर खानु उपयुक्त हुन्छ । शाकाहारी खाना अझ राम्रो मानिन्छ। आहारमा चकलेट, पनिर, कफी, मदिराजस्ता पदार्थ प्रयोग गर्नु हुँदैन। अमिलो खानेकुराबाट बच्नुपर्ने हुन्छ । शरीरलाई हाइड्रेट राख्नका लागि दैनिक करिब सात गिलास पानी पिउनु उपयुक्त हुन्छ । जिन्सेंग, नोनी, सितोपलादी, अश्वगन्ध, फिभरफिउ,जस्ता जडिबुटी चिकित्सकको सल्लाह अनुसार लिनु पर्दछ । खानपानमा बिहानको खाजा देखि राती सुत्ने बेला सम्मको सम्पूर्ण भोजन तालिका मिलाएर चिकित्सकको सल्लाह अनुसार लिनु जरुरि छ ।
खान नहुने कुरा:
माइग्रेन सबैलाई एउटै कारणले दुख्छ भन्ने छैन । कसैलाई दही खाँदा दुख्न सक्छ भने कसैलाई चिसो पेयपदार्थ खाँदा दुख्छ । त्यसैले माइग्रेन हुने व्यक्ति आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन । मुख्यगरी मोही, चिसो पेयपदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ । यस्तै धेरैबेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ ।
खाएपछि आफूलाई गाह्रो हुने खानेकुरा, गाह्रौँ हुने काम नगर्दा राम्रो हुन्छ । माइग्रेनलाई कम गर्ने हो भने खाने, बस्ने, सुत्ने जीवनका हरेक गतिविधिको ख्याल गर्नुपर्ने हुन्छ ।
माइग्रेनको माइन्ड–बडी लाइफस्टाइल प्रोग्राम:
- बायोफिडब्याक, योग, एक्युप्रेशर र नियमित व्यायाम आदिले माइग्रेनको आक्रमण कम गर्न सकिन्छ ।
-माइग्रेनबाट जोगिन टाउको दुख्ने कारणहरु हटाउनु पर्छ, जस्तै तनाव व्यस्थापन, चर्को आवाजबाट टाढा रहने, भिडभाडमा नजाने, कडा पर्फुम गन्धबाट बाच्ने,आदि ।
-सन्तुलित खानाको तालिका अनुसरण गर्नुपर्छ ।
-समयमा सुत्ने र उठ्ने गनुपर्छ ।
-नियमित व्यायाम गर्नुपर्छ ।
-धेरै लामो समय सम्म भोकै नबस्नुहोस् ।
-धेरै कडा र डगमगाउने प्रकाशबाट अलग रहनुपर्छ ।
-धुम्रपान, मध्यपान नगर्ने, बट्टा, प्याकेट, बासी, टरेको भुटेको, खाने कुराबाट सावधानी अपनाएमा माइग्रेनबाट जोगिन सकिन्छ ।
-अनिद्राले माइग्रेनलाई असर पुर्याउँछ । लामो समयसम्म टिभी, कम्पुटर वा फोन चलाउँदा रातमा राम्रो निद्रा नपर्ने समस्या हुन सक्छ । सुत्ने बेलामा एस्त उपकरण नचलाउने
-माइग्रेन अट्याक वा टाउको दुखाइ कहिले कहिले हुन्छ, के गर्दा हुन्छ, के खाँदा हुन्छ भनेर ध्यान पुर् याउनुपर्छ।
नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा