Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

ओली आज फेरि गृहजिल्ला झापा जाँदै

ओली आज फेरि गृहजिल्ला झापा जाँदै


ओली आज फेरि गृहजिल्ला झापा जाँदै

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए ।

आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ ।प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

 विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् । ‘७ धुर जग्गासहितको घर विपन्न परिवारले पाउने छन्,’ शिवाकोटीले भने ।

झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने गरेका ओलीको अहिले देश दौडाहा बढेको छ । उदघाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।
 

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७११:०७:३९
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा