Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

धुर्मुस-सुन्तली फाउण्डेशनले सुरु गर्‍यो रङ्गशालामा ‘मेरो कुर्सी अभियान’

धुर्मुस-सुन्तली फाउण्डेशनले सुरु गर्‍यो रङ्गशालामा ‘मेरो कुर्सी अभियान’


धुर्मुस-सुन्तली फाउण्डेशनले सुरु गर्‍यो रङ्गशालामा ‘मेरो कुर्सी अभियान’

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोग रकम जुटाउन ‘मेरो कुर्सी अभियान’ सुरु गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनको जिम्मामा निर्माण भइरहेको रङ्गशाला बनाउन रकमको अभाव भएसँगै मेरो कुर्सी अभियान सुरु भएको हो । सोमबार काठमाडौँमा एक औपचारिक कार्यक्रम गर्दै यो अभियान सुरु भएको फाउन्डेसनको अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । यो अभियानमा कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो वा परिवारको नाम प्यारा पिटको कुर्सीमा लेखाउन पाउनेछन् । कुर्सीमा नाम लेखाए बापत १ लाख रुपैयाँ रङ्गशाला निर्माणको लागी सहयोग गर्नु पर्नेछ । 

रङ्गशालामा ३० हजार कुर्सी हुनेछन् जसमा आफ्नो, परिवार वा संस्थाको नाम लेखाउन सकिने अध्यक्ष कट्टेलले बताए । ३० हजार कुर्सीमा १ लाखको दरले नाम लेखाए ३ अर्ब रकम सङ्कलन गर्ने सक्नेमा कट्टेल आशावादी रहेको बताए । अभियानका सम्पूर्ण जानकारी मोबाइल एप्स, फेसबुक र सञ्चार माध्यमबाट अबको एक महिना भित्र सार्वजनिक रूपमा उपलब्ध गराइनेछ। यदि कुर्सी अभियानबाट अपेक्षित रकम सङ्कलन भए अबको १८ महिना भित्र रङ्गशाला सम्पन्न हुने बताइएको छ । २०७५ माघ १६ गते सम्झौता भई निर्माण सुरु गरिएको रङ्गशालाको कुल लागत ३ अर्ब ५५ करोड रहेको छ। 

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७११:०४:०९
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा