Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

भागरथी भट्टको आज अन्तिम संस्कार

भागरथी भट्टको आज अन्तिम संस्कार


भागरथी भट्टको आज अन्तिम संस्कार

७ फागुन, काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा डोटीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन् ।प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । दिनेशले पनि भागरथीका अभिभावकसामु आफूले नै हत्या गरेको स्वीकार गरेपछि भागरथीको परिवार दाहसंस्कार गर्न सकारात्मक भएका हुन् ।


भागरथीका काका लक्ष्मण भट्टले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहित छलफल भइरहेको बताए । ‘हामी छलफल गरिरहेका छौं । प्रमाणहरु नष्ट नहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसको निचोडमा पुगेपछि शव उठाउने छौं,’ लक्ष्मणले भने ।जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर जनक धामीले पनि शव उठाउने तयारीमा रहेको बताए ।गत माघ २१ गते विद्यालयबाट घर जान हिँडेकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । पोष्टमार्टम गर्दा उनको बलात्कारपछि हत्या भएको पत्ता लागेको थियो ।
एजेन्सी

कामना न्यूज

  • शुक्रवार, फाल्गुन ७ २०७७१०:३९:१८
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा