काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ।
हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ।
माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि