Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

दीपिका ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित

दीपिका ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित


दीपिका ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित

मुम्बई । कोरोना महामारीका कारण लामो समयदेखि स्थगित रहेको भारतको प्रतिष्ठित अवार्ड ‘दादासाहेब फाल्के’ पुरस्कार वितरण समारोह हालै सम्पन्न भएको छ । भारतीय चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याएका कलाकारहरुलाई अवार्डबाट सम्मानित गरियो ।

उक्त अवार्डबाट बलिउड अभिनेत्री दीपिका पादुकोण पनि सम्मानित भएकी छिन् । चलचित्र ‘छपाक’मा दीपिकाको उत्कृष्ट अभिनयका लागि उनलाई ‘उत्कृष्ट अभिनेत्री’को अवार्डबाट सम्मानित गरिएको हो ।

दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले आफ्नो आधिकारिक इन्स्टाग्राममा यसबारे जानकारी दिएको छ । “तपाईंले यस चलचित्रका लागि दिनुभएको विशेष लगावलाई मनाउँदै छौँ । दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२१ मा ‘उत्कृष्ट अभिनेत्री’को अवार्डबाट सम्मानित हुनुभएकोमा तपाईं (दीपिका)लाई बधाई छ । डीपीआईएफएफ तपाईंको आगामी भविष्यका लागि शुभकामना दिन चाहन्छौँ ।”

यस चलचित्रमार्फत अभिनेत्री दीपिकाले निर्माताको रूपमा डेब्यु पनि गरेकी हुन् । मेघना गुल्जारको निर्देशनमा बनेको यो सत्य घटनामा आधारित चलचित्र हो ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन ११ २०७७०३:४०:३२
सम्बन्धित समाचार
विशेष सबै
  • माइग्रेनको सफल उपचार – योग तथा प्राकृतिक पद्दति

    माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि