Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

अक्षयकुमारले यसरी बदले आफ्नो एक्सन अवतार

अक्षयकुमारले यसरी बदले आफ्नो एक्सन अवतार


अक्षयकुमारले यसरी बदले आफ्नो एक्सन अवतार

अभिनेता अक्षयकुमारका अनुसार बलिउड यात्रा सुरु गरेको केही वर्षपछि उनलाई आफू एक्सन हिरोको छविमा जकडिएको अनुभव भएको थियो । अक्षय भन्छन्,‘आफ्नो करियरको सुरुवाती दिनमा म केवल एक्सन फिल्ममा अभिनय गर्थें । हरेक बिहान जब म उठ्थें, तब मलाई थाहा हुन्थ्यों कि मैले सेटमा गएर एक्सन सिन सुट गर्नुपर्छ । मलाई यो सम्झदाँ बोर हुन्थ्यो। त्यसपछि केवल एक्सन फिल्ममात्रै गरेर म के गर्दैछु भनेर सोच्न थालें ।’

कसरी कमेडी फिल्म गरेर आफ्ले स्टेरियोटाइप छविलाई बदले भन्ने अक्षयलाई राम्ररी याद छ । उनी भन्छन्, ‘मैले अलग–अलग काम गर्ने कोसिस गरें । त्यतिबेला मानिसहरु तिमीले कमेडी गर्न सक्दैनौं भन्थें । तर, प्रियदर्शनजी र राजकुमार सन्तोषीजीले मलाई कमेडीमा ब्रेक दिनुभयो ।’ 

हेरा फेरि, गरम मसाला, भागम भाग, भुलभुलैयाजस्ता प्रिय दर्शन निर्देशित कमेडी फिल्महरुमा अक्षय मुख्य भूमिकामा छन् । 
कस्तो शैलीमा काम गर्न रुचाउनुहुन्छ भन्नेबारे अक्षयको जवाफ छ, ‘म खलपात्रको भूमिका वा नायकको भूमिका भनेर हेर्दिनँ । मैले सबै भूमिका गरेको छु । यदि मलाई फिल्म राम्रो लाग्यो भने म काम गर्छु ।’
चाडैं नै अक्षयको अभिनय रहेको ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदैछ । यसमा उनले एटिएस अफिसर वीर सूर्यवंशीको भूमिका निभाएका छन् । त्यस्तै ‘बेल बटम’ मा उनी ‘रअ’ एजेन्टको भूमिकामा देखिँदै छन् भने ‘पृथ्वीराज’ मा पृथ्वीराज चौहानको भूमिकामा अभिनय गर्नेछन् ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन ११ २०७७०३:१०:४२
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको