एक समय बलिउडमा आफ्नो दबदबा कायम गरेकी अभिनेत्री भाग्यश्री मंगलवारबाट ५२ वर्षकी भएकी छन् । उनको जन्म २३ फेब्रअरी १९६९ मा सांगलीका राजा विजयसिंह राव माधवन राव पटवर्धनमा भएको थियो । १९८९ मा आएको राजश्री प्रोडक्शनको फिल्म ‘मैंने प्यार किया’ बाट उनले सुखद डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता सलमान खान थिए ।
डेब्यू फिल्ममा नै उनले एक लाख पारिश्रमिक लिएकी थिइन् । जबकि, सलमान खानले फिल्ममा काम गरेबापत ३० हजार मात्र पाएका थिए । यो फिल्मपछि भाग्यश्रीको भाग्य नै चम्कियो । कयौं सुपरहिट फिल्ममा काम गरेकी उनका ‘त्यागी, पायल, घर आया मेरा परदेसी’ जस्ता फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिएका पनि छन् । केही वर्षयता भने उनी अभिनयमा सक्रिय छैनन् ।
१९ वर्षको उमेरमा भाग्यश्रीले आफ्नो बाल्यकालको साथी हिमालय दासानीसँग विवाह गरेकी थिइन् । तर, उनीहरुको विवाहलाई परिवारले स्वीकार गरेन । भाग्यश्रीले सलमान खान र केही नजिकका व्यक्तिहरुको उपस्थितिमा मन्दिरमा विवाह गरेकी थिइन् । करीब डेढ वर्ष अलग भएर भाग्यश्री र हिमालयबीच पुनः प्याचअप भएको थियो । उनीहरुका एक छोरा र एक छोरी छन् ।
भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको