भारतीय हास्यकलाकार कपिल शर्मा सोमबार विमानस्थलमा देखिए । यतिबेला उनी ह्विलचेयरमा देखिए । कपिललाई यसबारे सोध्दा उनी फोटोग्राफरमाथि भड्किएका थिए । कपिल ह्विलचेयरमा किन थिए
? यसबारे चर्चा तीब्र छ । अब यसबारे कपिल आफैंले जानकारी दिएका छन् ।
कपिललाई ब्याक इन्जुरीः
स्पटबोयसँगको कुराकानीमा कपिलले भने, ‘म ठिक छु । जिममा थोरै ब्याक इन्जरी भएको थियो । केही दिनमा यो निको हुनेछ । तपाईंहरुको चासोको लागि धन्यवाद ।’
फोटोग्राफरलाई कपिलले के भनेका थिए ?
स्मरण रहोस्, कपिल विमानस्थलमा ह्विलचेयरमा देखिएका थिए । जब फोटोग्राफरले कपिललाई ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोधे तब उनले रिसाउँदै भनेका थिए, ‘ओए, तिमीहरु सबैजना पछाडि हट ।’ त्यसपछि फोटोग्राफर भन्छन्, ‘ओके सर, धन्यवाद सर ।’ यसमाथि कपिल आफ्नो रिस देखाउँदै भन्छन्, ‘उल्लूहरु...’ उनको यो कुरा सुनेर फोटोग्राफर भन्छन्, ‘सर रेकर्ड भइसकेको छ ।’
काठमाडौँ । आज भन्दा दुई तीन दिन अघिदेखि नै मेरो साथीहरुले सोध्न थालेका थिए के छ, मार्च८ को योजना? बिदा त देला नि अफिसमा हैन?