Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

नसा च्यापिने समस्यामा–बिना अप्रेसन प्राकृतिक समाधान

नसा च्यापिने समस्यामा–बिना अप्रेसन प्राकृतिक समाधान


नसा च्यापिने समस्यामा–बिना अप्रेसन प्राकृतिक समाधान

के तपाइलाई कहिले काही गरुङ्गो भारी ऊठाउँदा वा कुनै काम गर्दा अचानक ढाड झसक्क भई हल न चल हुने गरि दुखेर थला पर्नुपरेको स्थितिको अनुभव वा अरू कसैलाई भएको सम्झना आउँछ? यसरी ढाड सड़किदा हुने पीडा ढाडका मांशपेसी, लिगामेन्ट र अन्य तन्तुहरूमा चोट (स्ट्रेन) पुग्न गई 'इन्टर भट्टेब्रल डिस्क'ले स्नायु नसाहरूलाई थिची दिनाले हुने गर्छ।

नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेसी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो। नसा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई थाहा पाउन जरुरी हुन्छ। नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो।

के हो मेरुदण्ड र कसरि नशा च्यापिंछ?

ब्रेनको तल्लो भागबाट सुरु भै पिठ्यूँ सम्मको भागलाइ मेरुदण्ड (गर्दन, ढाड, कम्मर) भनिन्छ र यो ३३ वटा अलग-अलग हड्डीहरू मिलेर बनेको ‘S’ आकारको संरचना हो। यी हड्डीहरूलाई आपसमा 'इन्टर भट्टेब्रल डिक्स' भनिने लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलगअलग हड्डी तथा डिक्सहरूलाई बाँधेर एउटै लामो दण्ड बनाएर राख्छ। मेरुदण्डमा टाँसिएका मांसपेसीले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ। यी ढाडका हड्डीमा 'स्पाइनल क्यानल' नामक गोलाकार  प्वाल हुन्छ जसबाट 'स्पाइनल कर्ड' नामक मुख्य स्नायु नसा अवस्थित हुन्छ र हरेक हड्डीको दाया“ बाया“ स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल कर्डबाट स्पाइनल नर्भहरू (साना स्नायु नसा ) निस्किएका हुन्छन्। यी नसाहरू ढाडको स्पाइनल कर्डबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन्।

ढाडको हड्डीहरूका बीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दबाबलाई नियन्त्रण गर्दै (सक एर्ब्जवर)को काम गर्छ। नसा च्यापिने समस्यमा पनि यिनै डिक्स, हड्डी र नसाको अन्तर्सम्बन्ध छ। यी डिक्सहरूले आफ्नो ठाउ छाड्दा मेरुदण्डको मुख्य नसा (स्पाइनल कर्ड) तथा कर्डबाट निस्किएका नसाहरूलाई थिचिदिन्छ।

-कसलाइ धेरै नशा च्यापिने हुन्छ?

नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो। यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ। झुक्ने, भारी वस्तु उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ। यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ। फलतः डिक्सले आफ्नो ठा“उ छाडेर नसा च्याप्न पुग्छ। आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना, सवारी दुर्घटना साथै विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि।

नशा च्यापिदा कस्तो लक्षण हुन्छ?

नसा च्यापिँदा मुख्यतः नसाको क्रिया अवरुद्ध भै कम्मर/गर्दन दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ। समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने, र प्यारालाइसिस पनि हुन सक्छ (यदि गर्दनको धेरै नशा च्यापिएको बढ्दै गएमा चक्कर लाग्ने, टाउको दुखे, आदि) । समस्या गम्भीर भए दिशा पिसाबमै समस्या देखा पर्न गई तुरुन्त व्यवस्थापन गर्नुपर्ने पनि हुन सक्छ।

उपचार : एकीकृत चिकित्सा अर्थात् इन्टिग्रेटेड मेडिसिन

ढाड दुख्न सुरु हुनेबित्तिकै सम्बन्धित विशेषज्ञकहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ ।

नसा च्यापिएका रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले ठिक गर्न सकिन्छ भने १० प्रतिशतमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। तर,आपतकालीन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो।

 

पहिलो फेज: दुखाई ब्यबस्थापन

प्राकृतिक उपचारमा विशेषतः पूर्ण 'बेड रेस्ट'का साथमा दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने साथै आवस्यकता अनुसार जडिबुटी यूक्त बैज्ञानिक मालिस उपचार, जल चिकित्षामा तातो सेक, प्याक, स्नान, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ, आदिको प्रयोग गरेर दुखाइ कम गराइन्छ। भौतिक थेरापी अन्तरगत थरी–थरीका ब्यायाम तथा थरी–थरीका विद्युतिय तरंगहरू प्रवाह गराएर गरीने उपचार विधि हरू पर्दछन् ।

यसका साथै अकुपन्चर तथा अकुप्रेसरजस्ता चिनियाँ उपचार पद्धतिले पनि यो रोगमा फाइदा पुर्याउँछ। यी विधिले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नसा छुटाऊन सहयोग गर्छ। योग बिज्ञान,ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिस जस्ता उपचार पद्धतिले दुखाइ कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ।

दोस्रो फेज: मेरुदण्ड बलियो बनाउने

दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम, योग आसनहरू सिकाइन्छ। त्यसले मेरुदण्ड र आसपासका तन्तुलाई बलियो बनाउछ र फेरि यही समस्या दोहोरिन दिँदैन। नसा हड्डी खिइनाले च्यापिएको भए हड्डी खिइनुको कारण पत्ता लगाएर उपचार अगाडि बडाऊनुपर्ने हुन्छ।

व्यायाम

विशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउँदो तथा फाइदा दिने ढाडका व्यायाम मात्र गर्ने गर्नुपर्छ । दुखेको बेलामा व्यायाम नगर्नुस् । कुन खाले व्यायाम, कति गर्ने, स्पष्ट सिकेर मात्र गर्नुस् । ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को विकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

   - पसिना निकाल्ने जस्तै हिँड्ने तथा दौडने खाले

- तन्काउने खाले योग वा स्ट्रेचिङ व्यायाम ।

   - शरीर तथा ढाड बलियो बनाउने व्यायाम ।

   नोट: चिकित्सकको सल्लाह बमोजिम मात्र गर्नुपर्छ ।

"खानपान "

खाना नै औषधिय गुण भएको हुनु पर्दछ। ढाडलाई स्वस्थ राख्न खानपानमा प्रशस्त पानी तथा क्याल्सियम,मिनिरल्स, भिटामिनयूक्त शाकाहारी खाना महत्वपूर्ण हुन्छ । जडिबुटि, पोषन तत्व साथै प्रसस्त मात्रामा हरियोसागपात, फलफुल, अंकुरित भोजनप्रयोग गर्नु जरुरि छ। यस्का साथै मध्यपान, धुम्रपान,चिनी, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्छ। आफ्नो दैनिकीमा आमुल पतिवर्तन गर्दै तौल ब्यबस्थापन गर्नु जरुरि छ।

"भिटामिन डी"

भिटामिन डी कम हुने, पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमीले हड्डी खिइने हुनसक्छ । लगभग ८०% मानिसहरूमा भिटामिन डीको कमी छ, जसले गर्दा शरीरमा क्याल्सियम जम्मा हुन सकिरहेको छैन तथा हड्डी कमजोर हुँदै जान्छ वा दुखाई ठिक हुँदैन । सकेसम्म दिन को १५-२०  मिनट बिहान थोरै कपडामा घाम ताप्नु एकदमै राम्रो हुन्छ र प्रतिरोधात्मक शक्ति पनि बृदि गर्न मद्दत गर्छ। भिटामिन डीका औषधिहरू पनि पाइन्छन् ।

जीवनशैली परिवर्तन

बैज्ञानिक बस्ने कला:

१. बस्दा मेरुदण्ड सिधा बनाएर नै बसौं ।

२. लगातार एउटा ठाउँमा ३० मिनेटभन्दा बढी नबसौं ।

३. यदि कुर्सीमा बसिराख्नुभएको छ भने हाम्रो हिप अर्थात् पुट्ठाले कुर्सीको पछाडिको भाग छोएकै   हुनुपर्छ तथा यसमाथिको ढाडलाई राम्ररी पछाडि सपोर्ट दिएकै हुनुपर्छ ।

३. टेबुल वर्कमा वा कम्प्युटरमा बस्दा मेरुदण्डलाई सिधा राखौ, आखा र स्क्रीन सिधा लाइनमा हुनु पर्छ र दुरी ३-४ मि फरक हुनुपर्छ । कामको बीचबीचमा हरेक घण्टामा ब्रेक लिएर ५-१० पटक हल्का पछाडि उल्टो झुक्ने वा केही तन्काउने खाले व्यायाम गर्नु एकदमै राम्रो हुन्छ ।

४. लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौ, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ। एउटै आसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन सक्छ । पर्सलाइ पछाडिको गोजीमा नराखौ।

५. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ। ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा 'ब्याक रेस्टको  प्रयोग गर्ने गरौँ।

६. कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ। हिँड्दा ढाडको पेटी वा घाटीको कलर लगाऔँ।

बैज्ञानिक सुत्ने कला:

१. जहिले पनि सुत्दा हातको सहायताले साइडबाट कुहिनाले टेक्दै सुत्ने गर्नु पर्छ साथै उठ्दा पनि कोल्टे  परेर हातको सहायताले उठ्ने गर्नु पर्दछ.

२. यदि कोल्टे सुत्नु हुन्छ भने दुवै घुडाको बीचमा पातलो सिरानी राख्ने र उतानो सुत्दा घुडा र कम्मरको पछाडी भागमा सप्पोर्ट राख्ने

३. गद्दा, फोम, डन्लपजस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौँ। स्पि्रङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक लागे पनि ढाडका लागि राम्रो होइन।

४. साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन। सामन्यतः एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ।

५. सुत्दा सिधा सुत्ने बानी बसालौ। घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो। नसा च्यापिइ सकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुतौँ। सिरानी काँधको लमाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ।

दैनिकीमा परिवर्तन:

 १. सामान वा गरुंगो वस्तु उठाउँदा सावधानी अपनाऔँ। हडबडमा बलपूर्वक भारी उठाउने कोसिस नगरौँ।

 २. अग्लो हिल भएको जुत्ता वा चप्पलको प्रयोग नगरौँ।

३. उकाली ओराली गदार्, सिढी चढदा सावधानीपूर्वक बिस्तारै हिडौँ।

 ४. अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ। निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नु पर्दा घु“डा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ।

५. खोक्दा वा हाच्छि्युँ गर्दा भित्ता वा टेबुलको साहायता लिऔँ।

६. शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ। विशेषतः पेटलाई बढ्न नदिऊँ यसले ढाडमा अतिरिक्त दबाब दिन्छ।

७. लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ। गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरिरहनु पर्छ। उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिएर राखाँ।

८. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ। ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा 'ब्याक रेस्टको प्रयोग गर्ने गरौँ।

९. कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ। हिँड्दा ढाडको पेटी वा घाटीको कलर लगाऔँ।

१०. हिँड्दा बूढो मान्छेजस्तो कुप्रेर होइन ठाडो शिर गरेर सोझो भएर हिडौँ।

११. दुखाइको कारण तनाब बढ्दै जान सक्छ यसको उचित व्यवस्थापन गर्न योग, प्राणायाम, ध्यान बिधि जरुरि पर्न जान्छ।

 

डा. दिनेश राई

doctor

  • मंगलवार, फाल्गुन ११ २०७७११:४७:१३
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको