साविक विजेता युभेन्ट्स शीर्षस्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछाडि छ । ३८ औं मिनेट अलेक्स सान्द्रोको क्रसमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफकै इन्जुरी समयमा आरोन रामसेको सहयोगमा अर्को गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
साढे दुई वर्षे सिरि ए यात्रामा रोनाल्डाको त्यो ७० औं गोल हो । युरोपका शीर्ष ५ लिगमा रोनाल्डोले गोल गरेको क्रोटेन ७८ औं क्लब हो । युभेन्ट्सका लागि वेस्टर म्याकिनीले नजिकबाट तेस्रो गोल गरेका थिए ।
सोमबारको २ गोलसँगै १८ गोलका साथ रोनाल्डो जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले मिलानका रोमेलु लुकाकुलाई पछि पारेका छन् । २३ खेलमा इन्टरको ५३, दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ । एक खेल कम खेलेको युभेन्ट्सको ४५ अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको क्रोटोनको १२ अंक छ ।
माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि