मानिसमा विचारको उदात्तता नै प्रेम हो । प्रेमबिना मानव जीवन कल्पना गर्नै सकिन्न । प्रेम गर्ने क्षमताले गर्दा नै सृष्टिको प्रारम्भिक अवस्थामा मान्छे जागृत हुन पुगे । मानव(प्रेम यौनकै पछि मात्र लाग्ने होइन । यौन प्रेमको एउटा भावात्मक पक्ष हो । जसरी मानिसलाई गाँस,बास र कपासको आवश्यकता रहन्छ त्यसरी यौन तृप्तीको चाहना हुन्छ । जुन कुरालाई ‘साईकोलोजी’ विषयको अध्ययनले स्पष्ट पार्दछ ।
त्यसैले प्रेमलाई दिवसका रुपमा मनाएर मन वहालाउनेहरुले बुझ्न आवश्यक छ । सामाजिक सद्भाव, पारिवारिक संगठन, जीवन, मोह र जिवाइलाई जीवन दिने आधार हो प्रेम । नर र नारीमाझ हुने प्रेम प्रबल भावावेश हो । यसले नर र नारी दुवैलाई ऊर्जा दिन्छ । किनभने प्रेम मानवको आदिम प्रवृत्ति हो । मानवधर्मको आधारको रूपमा प्रेम प्रतिष्ठित थियो तर तथाकथित स्थापित धर्मले बनाएका नीति र नियमले भने राम्रो प्रेमलाई स्वार्थी बनाउँदै लगेको पाईन्छ ।
स्थापित धर्महरू बनिनुभन्दा अघिको वेदले पनि कामबारे कुरा गरेकै छ । प्रेमका लागि देव र देवी पनि स्थापित भए – कामदेव र रतिदेवी । काम र रतिको राजधानी वत्सगुल्म । वेदको नैषधीय सूक्तमा कामबारे व्यापक चर्चा छ – “सृष्टिअघि सर्वत्र अँध्यारो थियो तर रात होइन, दिन बनिएपछि मात्र रात पनि बनियो ।” विद्वान्हरूले यसलाई पुरुषबाट प्रकृतिको कामना भएको बुझे । त्यो अँध्यारोमा सत्य(असत्य, अमृत(मृत केही थिएन । त्यस्तो अवस्थामा ‘मनसो रेतः’ अर्थात् परमले काम शक्तिद्वारा ब्रह्माण्ड बनाए भनिएको छ ।
अथर्ववेदले त शारीरिक प्रेमबारे कैयौंंै ऋचा लोक जीवनबाट समेटेको पाइन्छ । शारीरिक प्रेमबारे ईसापूर्व कालमै शास्त्रसमेत रचिए – वात्स्यायनको कामशास्त्र, कल्याणमल्लको रसरङ्गतरङ्ग, कोक्ककको कोकशास्त्र र अरू थुप्रै प्रमाण पूर्विय दर्शनमा उल्लेख छन् । नाट्यशास्त्र र काव्यशास्त्रहरूले रतिका लागि शृङ्गार रस स्थापित छन्, त्यसले पनि पुष्टि गर्छ ।
अहिले भ्यालेन्टाइन डे भन्नेहरूलाई वात्स्यायन, कालिदास, कुन चराका नाम हुन् कुन के थाह ? रोमन साम्राज्य ईसाई नभई रोमको सैन्य अभियानविरुद्ध युवा र युवतीलाई रतिक्रियामा भुलाउने भ्यालेन्टाइनभन्दा धेरै जेठा प्रेम र प्रेरक पूर्विय दर्शनका कथाहरू त्यसै आझेलमा परे । कृष्णको प्रेम लिला नपाल र भारतमै ओझेलमा परेको अवस्था छ । वास्तवमा भ्यालेन्टाइन (ईशाब्द २२६–२७०) को पालामा रोमन साम्राज्य ईसाई भएको थिएन । रोमनहरू शक्ति सम्पन्न होऊन् भनेर राजा क्लेडियस द्वितीयले युवाहरूलाई सेनामा लाग्ने तर प्रेममा नभुलिने आदेश गरेका बेला राजाज्ञाविरुद्ध तरुणी, तन्नेरीहरूलाई उक्साएर प्रेम गर्न लगाउदै रोमन शासनलाई दुर्बल बनाउने काम भ्यालेन्टाइन पुरोहितले गरेका थिए । ई. ३१२ पछि रोमन राजा कन्सटेनटाइन पहिलो नै ईसाई भएर रोमन साम्राज्यमा ईसाई पन्थलाई राजधर्म घोषणा गरेको धेरैपछि ई. ४९६मा मात्र उनलाई सन्त बनाइएको थियो । त्यस बेला भारतमा सन्त, योगी, कवि, आचार्यहरुले प्रेम र सौन्र्दयका बारेमा कति व्याख्यान र चर्चा गरिसकेका थिए ।
अधिकांश हिन्दू युवा संन्यासी र बौद्ध युवा भिक्षु बनेका बेला देशमा प्रजाको अभाव हुँदा यस्ता दिवसलाई राजाश्रय पनि प्राप्त भए । प्रजासूत्र त रोकिनु हुँदैन भनेर यौनपूजा (कामपूजा) प्रोन्नत गर्ने हुँदा खजुराहो, कोनार्क आदि मन्दिर बनिए भने नेपालमा बनाइएका मन्दिरका टुँड़ालमा मन्तिर मैथुनरत प्रतिमा वा चित्र त्यसैबेलाका हुन् । भक्तपुर र ललितपुर र बसन्तपुरका मन्दिरमा ती कला अहिले पनि देख्न सकिन्छ ।
प्रेम दिवस पनि आफ्नैमा थियो भन्ने बिर्सेको बेला बहुराष्ट्रिय कम्पनीहरूले जागृत सभ्यतामा रमाई रहँदा हाम्रो सभ्यतामा कतै प्रहार त भैरहेको त छैन् । संस्कतिविद् दिवाकर प्रधान भन्छन् ‘भ्यालेन्टाइन डे मनाउने संस्कारले नयाँ पुस्ताले आफ्नो संस्कति विर्सिरहेका छन् ।’ नयाँ पुस्तालाई आफ्ना मौलिक संस्कृति प्रति जागृत गराउदै उनीहरुलाई बहुराष्ट्रिकमप्नीका उपभोक्ता बनाईनु हुदैन् । प्रणय दिवसको अवसर पारेर एकान्त स्थानमा झुम्मिने विजातिय युगलहरुले धर्म, संस्कृति र परम्परा प्रति पनि ध्यान दिने की ? उनको प्रतिप्रशन छ ।
गुलाबको महत्व र व्यापार
गुलाब फुल आखिर मन नपर्नै को नै होला र ? तर पछिल्ला दशकहरुमा पश्चिमा बजारले विश्व अधिनस्थ बनाउदै लगेका बेला संस्कृति पनि अधिनस्थ हुन पुगेको छ । त्यसको प्रभाव बढ्दै जाँदा पछिल्ला वर्षहरुमा नेपालमा पनि प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन यत्रतत्र बन्दै गएको छ । दिवसका अवसरमा युवायुवती प्रतिको आकर्षण र प्रमेको सार्वजनिकसँगै बहुराष्ट्रिय कम्पनीले छापेका कार्डसँगै र गुलाबको व्यापार पनि बढ्दो छ ।
पुष्प व्यावसायीका अनुसार नेपालमा मागअनुसार गुलाफको उत्पादन हुनसकेको छैन । प्रेम दिवसका अवसरमा हरेक वर्ष गुलाबको आयात बढ्दै गइरहेको छ । देशभर बजारको मागअनुसार ८० प्रतिशत गुलाबको फूल आयात गर्नुपर्ने छ । फेबु्रअरी महिनाको १४ तारिखमा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकूल मौसम अर्थात् जाडो सिजन हुने भएकाले यहाँ गुलाबको आन्तरिक उत्पादनमा कमी आएको पुष्प व्इवसायी बताउँछन् । यस वर्षको प्रेम दिवसमा देशभर दश करोड भन्दा धेरैको व्यापार हुन सक्ने पुष्प व्यवसायीको अनुमान छ । गत वर्ष देशभर एक लाख भन्दा धेरै स्टिम गुलाबको फूल आयात भएको थियोतथ्यांक छ । प्रणय दिवसका अवसरमा गुलाब फुलको व्यापार ह्वात्तै बृद्धि हुन्छ । गुलाब नेपालमा नगन्य मात्रमा उत्पादन हुन्छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन छैन ।
नेपालमा गुलाफ फूलको व्यावसायिक खेती मुख्यगरी काठमाडौँ उपत्यकाभित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोकमा गरिदै आए पनि माग अनुसारको आपूर्ति हुन सकेको छैन् । यस्तो बेलामा आयातित फुलको बिक्रि बढाउदै मनाएको दिवस आफैमा कति मौलिक रहला ? नयाँ पुस्ताले मौलिकतामा आधारित संसकृतिलाई दिवस र पर्वका रुपमा मनाउन सके व्यक्तिगत जीवनमा समेत त्यसको प्रगाढता रहन्थ्यो । शहररिया संस्कृति बन्दै गएको प्रणय दिवस यतिवेला गाउँ गाउँमा पुगेको छ । सभ्यताको जागराणसँगै आएका यस्ता पर्व मनाई रहँदा आफ्नो संस्कार संस्कतिलाई पनि ध्यान दिनु त्यत्ति कै आवश्यक छ । मौलिकता विहिन संस्कार र संस्कृतिले रोमान्स र उल्लास होला तर तर त्यसले विकृति नल्याउला भन्न सकिदैन् ।
केही दिन पश्चात आउन लागेको शिवरात्रीलाई मौलिक पर्वका रुपमा मनाउने सकिए संस्कृतिको जर्गेना हुने छ । बसन्त पञ्चमीमा सरस्वती मन्दिर नजाने युवा युवतीहरु प्रणय दिवस मनाउन मन्दिरका कुना कन्दा पुग्दा सरस्वतीको कस्तो आर्शिवाद रहला ? सरस्वती, लक्ष्मी जस्ता देबीहरुको महमिा जानकारी नराख्ने नयाँ पुस्ताले प्रणय विसको जानकारी राख्नुले संस्कृति अतिक्रमण गरिरहेका छैनन् ?
भगवान श्रीकृष्ण जीवन चरित्र र प्रेम लिलालाई अध्ययन गरेर मौलिकतामा आधारित पर्वलाई जर्गेना गर्न सके हाम्रा धर्म संस्कृतिको अवश्य प्रर्वद्धन हुनेछ । त्यसैले आफ्नो मौलिकताका प्रर्वद्धनमा नयाँ पुस्तालाई जागृत गराउनु अभिभावकको पनि कर्तव्य देखिन्छ । अभिभावकले पनि बढ्दो उमेरसँगै आफ्ना सन्तानमा आउने ग्रन्थीको परिवर्तनलाई ध्यान दिदै उनीहरुको चाहलाई आफ्ना पर्व संस्कृतिसँग जोड दिन सकिए १४ फरवरीमा रमाउने युवा युवतीहरु कृष्ण जन्म अष्टमी र होली पर्वलाई आत्मसात् गर्दै आफ्नै तरिकाले मनाउन उत्साहित हुने थिए की ?
भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको