Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

“समृद्द नेपालमा अब छोरी जन्माउँन पाइनेछैन।”

“समृद्द नेपालमा अब छोरी जन्माउँन पाइनेछैन।”


“समृद्द नेपालमा अब छोरी जन्माउँन पाइनेछैन।”


देशमा महिनौ पिच्छे बलात्कारका घटना भइराखेका छन्। बलात्कार भइराखेको छ। बलात्कारीले स्वाधीनता र स्वाभिमानी हुँ भनेर छाती पिटिराखेको छ। छाती पिट्ने र पिटाउँन लगाउँनेको होडबाजी छ। 


  केही बर्ष अगाडि बालिका निर्मला पन्त बलात्कारमा परिन। उनको हत्यो भयो। केही दिन अगाडी बालिका भागिरथी भट्ट बलात्कारमा परिन। उनको पनि हत्या भयो।


कुरा उस्तै भयो भनेको होइन। कुरा माइती घर मण्डलामा गएर फेरि उफ्रनै पर्ने भयो भन्नेको पनि हैन। हिजो सरकारका गृहमन्त्री बादलले निर्मलाका जस्ता घटना भइरहन्छ भनेर ढुक्क छाती फुलाएर भनेका थिए। कस्तो ज्योतिषी नजर रहेछ,ठ्याक्कै मिल्यो। यत्ति मिलेपछि,मन्त्रीले भाग्य मिलाए भनेर थपडी बजाउँन म उनको कार्यकर्ता भने होइन। कमरेडले झटारो हानेर,आए आँप गए झटारो भनेको पनि हैनन् होला। तर उनले बोलेको वाक्यमा कहीँ कतै पनि मैले एउटा मन्त्रीले बोल्ने सभ्यता भेटेको थिइन। हेल्लो मन्त्री ज्यू, सन्चै होइसिन्छ होला।रुरु चिसो छ,चिसोलो छोला,महरा ज्यू संग यस्सो सम्पर्क बढाउँनु होस्।न्यानो पनको खानी छ उहाँ संग। साथी साथी मिलेर यो चिसोलाई चियर्स गरिदिनुहोस र भन्नुहोस्( यो देशमा चिसो भइरहन्छस यो देशमा बलात्कार भइरहन्छ।।

   प्रम ज्यू,
              अस्तिको ३ लाख जमघटले ज्यानमा उखरमौलो तातो बढेको होला। प्रचण्डलाई देखाइदिन्छु भनेर गरेको आमसभा बबाल भएको हुनुपर्छ। तपाईँका तस्बिरहरू पोलपोलमा टाँसिदा लाग्छ,वा क्या प्रम छन् यो देशमा,जसले हाम्रो समाज,राष्ट्र र हितका लागि सरकारको कुर्सीमा हैन, बाटोको पोलमा बसेर समृद्धी ल्याउँन खोजिरहेछन्। प्रम ज्यू पोलमा पोस्टर टाँसेर समृ्द्धी देखाउँन खोज्नुहुन्छ, बलात्कारीले बलात्कार गरेर प्रम ज्यूलाई माँझी औला देखाइदिन्छ। क्या बबाल छ,राजनीतिस आशुँ पनि यही,हाँसो पनि यहीस कुर्सी पनि यही। यो देशमा जे पनि बबाल हुन्छ प्रम ज्यू। तपाईँको भाषण र तपाईँले दिएको मन्तव्य नसुन्ने मान्छे मध्धेको म एक हुँ। मैले यो देशमा र तपाईँको सत्तामा रहेका दर्जनौ नायकहरूको भाषण सुन्दिन्। मलाई उस्तै घिसीपिटी सुन्दा,यो देशप्रति म आफैले गद्दार गरेको जस्तो लाग्छ। मेरा कानहरूले,बेबारिसे शब्दहरू सुने भनेर गुनासो पोख्छन्। हुन त सुन्नै पर्ने त्यस्तो के नै हुन्छ र।।रुरु तपाईँ र तपाईँका मन्त्रीको भाषण सुनेर ज्यानमा कहिल्यै काँडा उठ्दैन। तर प्रम ज्यू महिनौ पिच्छे बलत्कारका घटना सुन्यो कि मुटु थरथर काँप्न थाल्छ। ज्यानमा काँडा मात्र उठ्न थाल्छ।। 


    यो देशमा न्याय भन्ने कतै छैन भने,भोलि फेरि आमसभा गरेर बताईदिनु पर्यो। यो देशमा निर्मलाहरू सधैव बलात्कारमा पर्छन र परिराख्ने नै हो भने मिडिया बोलाएर भनिदिनु पर्यो। यो देशमा कानून पैसा र पावरमा बिक्छ भने पनि भनिदिनु पर्योस प्रम ज्यू,बालिका बलात्कारमा परेको सुन्दा स्वास तेज भएर शरीर गल्न थाल्छ। कस्तो हुँदो हो,फुलले कोपिलामा चुँडिएको पल। बालिकाले कोपिलामै चुँडिएको पल।।???

 कमरेडहरूले सत्ता पाउँनलाई रातो रगत बगाएका थिए। जनताको शिर छेँदन गरेका थिए। के अझै पनि सत्ताकै लागि एउटा अबोध बालिकालाई बलात्कार गरिन्छ त।।रुरु के कमरेडहरूलाई शुभ कार्यमा रातो रगत नै चाहिने हो त ।।???
 किन कमरेडहरूलाई रातै रड़्ग मन परेको।।???
किन कमरेडहरूलाई चेली माथिका अत्यचार मन परेको ।।??
  किन नायकहरूलाई बलात्कार मन परेको।।???

  एउटी छोरी आमा बुबाका लागि घरयासी सामान किन्न बजार सम्म जान सक्दिन। एउटी छोरी साथीको घर सम्म पुस्तक लिन जान सक्दिन। आखिर कुन नेपालको परिकल्पना गर्नु भयो नेता ज्यूहरू ।???

किन बनाउँनु भयो शान्तिको देशलाई हत्या,हिंसा र बलात्कारको देश ।।??
  किन छैन यो समाजमा,स्वतन्त्रताको स्वास।।रुरु गौतम बुद्धको देशमा,छोरीको बलत्कार हुन्छस गौतम बुद्धको देशमा शान्तिको बलात्कार हुन्छस् गौतम बुद्धकै देशमा बुद्धको बलात्कार हुन्छस आखिर किन।।??

कमरेडहरू,यो देशमा यस्तै भइरहने होस यो देशमा यस्तै घटनाहरू घटिरहने हुन भने अब एउटा बिगुल फुकौँ(“समृद्द नेपालमा अब छोरी जन्माउँन पाइनेछैन।”

सरोज पन्थी

writer

  • मंगलवार, माघ २७ २०७७११:५२:३६
सम्बन्धित समाचार
विशेष सबै
  • माइग्रेनको सफल उपचार – योग तथा प्राकृतिक पद्दति

    माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि