Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

सुत्केरी मसला 

सुत्केरी मसला 


सुत्केरी मसला 

काठमाडौँ । ‘तपाईले खाइरहेको खाना या त तपाईका लागि सुरक्षित र शक्तिशाली औषधि हो या त्यहि खाना एक प्रकारको मन्द विष हो ।’
कसरी खाने, के का लागि खाने भन्ने कुराका लागि यही भनाइ नै काफी छ । आज तपाई हामीसँग खानेकुरा छान्ने प्रसस्त अवसर छ तर याद रहोस् आज गलत खानेकुरा छानियो भने ठूलो गल्ती हुनेछ र भोलि गएर शरीर बिग्रँदै जान्छ अज सुत्केरी हुदा धेरै कुरामा धान्न दिनुपर्ने हुन्छ भोलि आमा र बच्चाको स्वास्थ्य अवस्था बिग्रँदै जाने सम्भावना धेरै हुन्छ । त्यस बेला कुनै पनि खानेकुरा छान्ने अवसर रहँदैन ।
सुव्यवस्थित खानपानशैलीका लागि भन्ने गरिन्छ,  गरिबसँग धेरै चिल्लो पदार्थ, मरमसला, जंकफुडहरु किन्ने पैसा हुँदैन । त्यसैले यी खानेकुरा नखाएर स्वस्थ ऊ हुन्छ । असावधानीवश खानेकुरा खाएर लाग्ने रोगबाट ऊ जोगिन्छ । स्वास्थ्यका लागि हप्तामा एक दिन उपवास बस्नु राम्रो हो । उपवास व्यक्ति या रोगीलाई होइन, रोगलाई भोको राखेर शरीर बाहिर खेदाउने प्राकृतिक क्रिया हो ।

मेरी हजुरआमालाई चाहिं परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्वले रगतको कमी हुन दिंदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिं धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हद्दी बलियो हुन्छ, रगतको कमी हुन दिंदैन’ भन्नेजस्ता झूटा विज्ञापनमा विश्वास गर्छन् ।
१००–१५० रुपैयाँको १ किलो जौंको पिठो खानुको सट्टा १५०० किलो (१० गुणा महँगो) बट्टाको खाना किनेर मुर्खतापूर्ण काम गर्छन् । यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो ? यसमा कति पौष्टिक तत्व हुन्छ ? थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमान्लाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि ? सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ?

हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्यौं । पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो ।
‘केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला, केटाहरूले यसको स्वाद लिएको चाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता पर्दोरहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।

हामीले कुरा गर्दै जादा पार्वती भुर्तेल अर्थात आमाको सुत्केरी मसलाले हामीलाई एउटा कुरा गर्नुभयो 
ूसुत्केरी मसला भनेर चिनिने यसलाई हाम्रो घरमा औषधी पुवा भनिन्छ,अझ माया गरेर हामी कालो पापा भन्छौं। आमाले हरेक बर्ष जाडोमा बनाउनुहुन्थ्यो, तर आफूले खान जुरे पो। पहिलो चोटी आफै बनाए,मिठो भो, घर हरहर वासना आयो,ठ्याक्कै पहिला आमाले पकाउॅंदा जस्तै अनि एक दुई जनालाई चाख्न दिए सबैले मिठो भयो अज बनाउनु भन्नु भयो दश जानलाई मिठो लागे पछि पक्कै पनि धेरै नेपाल दिदिबहिनीलाई पनि मिठो लाग्छ होला भनेर यो ब्यबसाय गर्न सुरुवात गरे अहिले धेरै नेपालीलाई थाहा भयो आमाको सुत्केरी मसला के हो भनेर यसमा म खुसी छु । अडर अनुसार बनाउने गरेको छु। धेरै सुत्केरी महिला खुसी हुनुहुन्छ आमाको सुत्केरी मसला खाएर।

सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्नसक्छ ? बत्तिसाको धुलोबारे चाहिं के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा पाइने बत्तिसा बत्तीसवटा जडीबुटी मिसाएर बनाइन्छ रे भन्नेचाहिं सुनेको छु ।
गुँदमा पाइने कार्बोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँग घुल्दैन ।
हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान भोजनलाई औषधी नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधी’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।
सायद लैङ्गिक दृष्टिकोणले पनि सुत्केरी मसला बनाउन उत्प्रेरणा गरेका रहेछन् । यदि स्वादिष्ट र स्वस्थकर मात्रै भएको भए लोग्नेमानिसले नै खाइदिन्थे होलान्, तर उनीहरूले छोएनन्, सुत्केरी शब्द जोडिएपछि ।
सुत्केरी मसला समय–समयमा दिएको भोजनले एक महिनामा सुत्केरी स्वस्थ हुन्छिन् । अपशोच, यस्तो राम्रो चलनको सट्टा सुत्केरीलाई छाउगोठमा राखेर रोटी र नुनमात्र खान दिने चलन छ, सुदूर पश्चिममा । हरेकपल्ट त्यहाँ जाँदा सुत्केरीहरूको खानाबारे सुनेर दिक्दार लाग्छ । पूर्वतिर र काठमाडौंतिर चाहिं सुत्केरीले राम्रोसँग नखाए स्याहार नभएपछि जीउ दुख्छ, शरीर बिग्रन्छ भन्ने चलन छ । सायद सुदूर पश्चिमका महिलाको स्वास्थ्य खराब भएको कारण पनि सुत्केरीलाई पौष्टिक खानेकुरा नदिएको हुनाले हो कि ?
सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।

कामना न्यूज

  • सोमवार, माघ २६ २०७७०३:०५:०२
सम्बन्धित समाचार
विशेष सबै
  • माइग्रेनको सफल उपचार – योग तथा प्राकृतिक पद्दति

    माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि