Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

भ्यालेन्टाईन साताको पहिलो दिन रोज डे , किन मनाईन्छ यो विशेष पर्व ? 

भ्यालेन्टाईन साताको पहिलो दिन रोज डे , किन मनाईन्छ यो विशेष पर्व ? 


भ्यालेन्टाईन साताको पहिलो दिन रोज डे , किन मनाईन्छ यो विशेष पर्व ? 

भ्यालेन्टाईन साताको पहिलो दिन रोज डे , किन मनाईन्छ यो विशेष पर्व ? 
आजदेखी भ्यालेन्टाईनको साताको सप्ताह सुरु भएको छ । भ्यालनेटाईनको आज पहिलो दिन रोज अथवा गुलाफ दिन रहेको छ । आजको दिन आफूलाई मन परेको मान्छेलाई गुलाफ दिने चलन रहेको छ । विश्वभरि नै मनाउने प्रण्य दिवस अथवा भ्यालेन्टाईन मनाउने गर्छन् । यस दिवसको विशेष महत्व रहेको छ । अरु बेला भन्न डराउने तथा लाज मान्ने व्यक्तिहरुको लागी यो चार्ड भने आफ्नो मनको भावना पे्रमी वा प्रेमीकालाई निर्धक्क भन्ने गरेको पाईन्छ । आफ्नो मनको भावना भन्नका निम्ति चिट्ठी,पत्र,मेसेज आदी लेख्नुको साथै भेट्न जानेहरुले विभिन्न उपहारहरुसमेत लिएर जाने र मनको कुरा भन्ने गरिन्छ । तर एक पक्षले मन परायो भन्दैमा अर्को पक्षले स्वीकार गर्ने र नगर्ने त्यस ब्यक्तिको आफ्नो ईच्छा हुन्छ तर कतिपय केसमा पे्रम स्वीकार नगरेको भन्दै विभिन्न घटनाहरु पनि घटेको हामी देख्ने र सुन्ने गर्छौ तर यस किसिमको बिकृती भने राम्रो हाईन । पे्रम गनुै सबैको अधिकार हो तर प्रेम स्वीकार गर्नै पर्छ भन्ने कुनै पनि कानुन होईन । यो सबै बिकृती भने रोक्नु आवश्यक रहेको छ ।  यो दिनको बिशेष महत्वका अनुसार आफूले पे्रम गरेकबो मानिसलाई आदर गरौ । रोजडे, प्रपोजडे , चकलेटडे , टेडीडे , किसडे , हगडे अनि अन्त्यमा भ्यालाईन्टाईन डे मनाईन्छ । 

विकीपिडिया 

प्रणय दिवस वा प्रेम दिवस ९अङ्ग्रेजीस् ख्बभिलतष्लभुक म्बथ० १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो( अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई। पू। २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ  । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक(अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा । विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेक छ । एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको कमी छैन । यसो हुनु राम्रो होइन । अतः फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।

 

सरोजकुमारी चौधरी

  • आइतवार, माघ २५ २०७७०५:११:०१
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको