Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढ्यो

इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढ्यो


इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढ्यो

२५ माघ, काठमाडौं । लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् ।
लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ हजार रहेको तारसहितको फिक्स लाइन इन्टरनेट प्रयोगकर्ताको संख्या ६१ लाख १९ हजार पुगेको छ ।
तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढेको प्राधिकरणले जनाएको छ । फिक्स लाइन इन्टरनेट ग्राहकको संख्या यति छोटो अवधिमा १० लाखभन्दा बढी थपिएको यो पहिलोपटक हो ।

 

यो अवधिमा रोचक के भएको छ भने करिब ४३ हजारले नेपाल टेलिकमको एडीएसएल प्रविधि छाडेका छन् । फागुनमा ९ लाख ४३ हजार प्रयोगकर्ता रहेको एडीएसएलसँग कात्तिकसम्म ९ लाख मात्र छन् ।विभिन्न इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यो अवधिमा ‘फाइबर टु दि होम’ एफटीटीएच प्रयोगकर्ता ह्वात्तै बढेका छन् । गत फागुनमा यस्तो सेवा लिनेको संख्या ४१ लाख ३८ हजार थियो, अहिले बढेर ५२ लाख १७ हजार पुगेको छ ।लकडाउनअघि ३ लाख ९२ हजार रहेको वर्ल्डलिंक कम्युनिकेसनको फिक्स्ड लाइन ग्राहक कात्तिकससम्म ४ लाख २२ हजार पुगेको छ । नेपाल टेलिकमको २ लाख ३४ हजार फिक्स्ड लाइन ग्राहक पनि बढेर २ लाख ७० हजार पुगेको छ । सुबिसुको १ लाख १७ हजार फिक्स्ड लाइन ग्राहक बढेर १ लाख ६९ हजार पुगेको छ । भायानेटको ग्राहक १ लाख ३ हजारबाट १ लाख २३ हजार पुगेको छ ।

 

बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेका छन् ।फिक्स्ड लाइनतर्फ ‘वायरलेस’ इन्टरनेट प्रयोगकर्ता भने लकडाउनमा दुई हजार मात्र बढेका छन् । लकडाउनअघि रेडियो वाइफाइ र वाइम्याक्सबाट ताररहित इन्टरनेट सेवा लिनको संख्या २ लाख २४ हजार रहेकोमा अहिले २ लाख २६ हजार पुगेको छ ।मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । ८ महिनाको अवधिमा मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्नेको संख्या १० लाखभन्दा माथि उक्लिएको छ । लकडाउनअघि १ करोड ६५ लाख ४५ हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता थिए, अहिले १ करोड ७५ लाख ७५ हजार नाघेको छ ।

 

यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । लकडाउनअघि १ करोड १५ लाख ६९ हजार रहेको थ्रीजी प्रयोगकर्ता कात्तिकसम्म १ करोड ११ लाख ६ हजारमा झरेको छ । फोरजी प्रयोगकर्ता भने ४८ लाख ३९ हजारबाट ६३ लाख ३२ हजारमा पुगेको छ ।यो अवधिमा नेपाल टेलिकमको विभिन्न प्रकारका इन्टरनेट सेवामा १२ लाख ८० हजार प्रयोगकर्ता थपिएका छन् । मोबाइल इन्टरनेट सेवा मात्रै दिँदै आएको निजी सेवा प्रदायक एनसेलमा समीक्षा अवधिमा ८ हजार मात्र इन्टरनेट प्रयोगकर्ता थपिए ।मोबाइल इन्टरनेट सेवा दिँँदै आएको स्मार्ट टेलिकमको ग्राहक भने चैतदेखि कात्तिकसम्म घटेका छन् । लकडाउनअघि स्मार्टका २ लाख ९० हजार फोरजी सेवा प्रयोगकर्ता थिए, अहिले १ लाख ९९ हजारमा झरेका छन् ।

 

कमजोर गुणस्तरका सेवाप्रदायक र प्रविधिलाई माहामारीका बेला थुप्रै ग्राहकले छाडे । एडीएसएल छाडेर फाइबर इन्टरनेटमा धेरै ग्राहक तानिनुले यो पुष्टि गर्छ । एडीएसएल तामाको तारबाट इन्टरनेट सेवा दिने पुरानो प्रविधि हो भने फाइबरमार्फत दिइने सेवा अप्टिकल प्रविधि हो । जसमा अवरोधरहित ढंगबाट छिटो इन्टरनेट सेवा प्रवाह हुन्छ ।

एजेन्सी 

कामना न्यूज

  • आइतवार, माघ २५ २०७७१२:०१:५१
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको