Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

फुटसल प्रति युवाहरुको मोह

फुटसल प्रति युवाहरुको मोह


फुटसल प्रति युवाहरुको मोह

फुटसल एक प्रकारको सामुहिक खेल हो ।यो खेल फुटबलकै एक सानो रूप समेत हो ,भन्न सकिन्छ । सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ।  फुटसल युवाहरूको फुर्सदको साथी पनि बनेको छ। पछिल्लो समय फुटसल खेल्नेहरू बढिरहेका छन्।  फुटसल खेल्न एक समूहमा पाँच जना चाहिन्छ। फुटसलका धेरैजसो नियम फुटबलसँग मिल्ने भए पनि यो खेल्ने ठाउँलाई फुटसल पिच भनिन्छ भने फुटसल बलबाट मात्र खेलिन्छ। हलभित्रै खेलिने भएकाले यसलाई ‘इन्डोर फुटबल’ पनि भनिन्छ।

शुरुमा काठमाडौं केन्द्रित यो खेल अहिले विराटनगर, हेटौंडा, बनेपा, पोखरा, धरान, चितवनजस्ता प्रमुख शहरमा विस्तार भएको छ । एक अध्ययन अनुसार, मुलुकभर १०० को हाराहारीमा व्यावसायिक फुटसल सञ्चालनमा छन् । यसलाई कतिपयले ‘फिटनेस सेन्टर’ का रुपमा प्रयोग गर्ने गरेका छन् ।   सुरुमा फुटसललाई फन गेमका रूपमा लिइएको थियो। फुटसल बिग्रिएका युवा जम्मा हुने र होहल्ला गर्ने ठाउँ भनेर गलत म्यासेज गएको थियो। एक ताका पुलिस, प्रशासनले फुटसललाई रोक लगाउने निर्णय पनि गर्‍यो।

'बिग्रिएको युवाहरु जम्मा हुने ठाउँ भनेर पुलिसहरु सधै आउने भएकाले फुटसल खेल्न मन लागे पनि युवाहरु सुरु सुरुमा आउन हिच्किचाउथेु', वाइट हाउस फुटसल निलोपुलका शिव महर्जनले बताए। अहिले युवाहरु माझ लोकप्रिय बनेको फुटसलमा पुरुस मात्र नभइ महिलाहरुको पनि निकै रुची देखिएको उनले बताए। आज भन्दा दुई तिन वर्ष अगाडी काठमाडौँमा कता कता मात्र फुटसल देखिन्थ्यो भने आजको दिन सम्म आउदा काठमाडौँमा मात्र १०० वटा भन्दा धेरै फुटसल भवन खुलिसकेको छ।

फुटबलजस्तै फुटसललाई पनि कमर्सियल बनाउन सकिने महर्जनको सोच छ।

 नेपालमा फुटसल अर्धव्यावसायिक भएको छ। निजी क्षेत्रको प्रयासमा गत वर्ष रेडबुल फुटसल लिग सम्पन्न भयो। हाल एन्फाले फुटसलको लिग गरेर राष्ट्रिय टोलीसमेत बनाएको छ। ‘यो फुटसल खेलमा भविष्य खोजिरहेका युवाका लागि खुसीको कुरा हो तर नियमनकारी निकायले अझै चासो दिएको छैन’, महर्जन भन्छन्।

कुपण्डोलका रमेश डंगोलको दैनिकी  हिजोआज फुटसलले बदलिदिएको छ। उनी पनि पहिला फुटबलका खेलाडी हुन्। कलेजस्तरको प्रतियोगितामा सहभागिता जनाउँदै आएका रमेशले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने लिगमा कुनै दिन भाग लिने सपना पालेका थिए। तर, नेपालमा लिग रोकिएपछि उनको इच्छा विस्तारै मर्‍यो। फुटबलको मोहलाई उनी अहिले फुटसलबाट मेटिरहेका छन्।

तीन वर्ष भयो, उनले फुटसल खेल्न थालेको। फुटसल कोर्टमा पुगेपछि दिनभर ऊर्जा मिल्ने, कोर्टमा प्रतिस्पर्धासँगै नयाँ साथी बनाउँदा झनै खुसी लाग्ने बताउँछन् उनी। ‘नेपालमा लिग फुटबल नियमित नभएकाले फुटसलले धेरै फुटबल खेलाडीलाई राहत दिएको छ। फुटसलका पनि ठूला प्रतियोगिता हुन थालेका छन्। यसमा पनि राम्रो खेलेर देशलाई चिनाउने मौका छ’, रमेश भन्छन्।

फुटबलमा मैदानबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक हानिन्छ। फुटबलमा खेलाडीले रातो कार्ड पाएमा उक्त खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाइन्न। तर, फुटसलमा रातो कार्ड पाएको २ मिनेटपछि अर्को खेलाडी ल्याउन पाइन्छ। दुई मिनेट नबित्दै कम खेलाडी भएको टोलीले गोल खाएमा नयाँ खेलाडी आउन सक्छ। टाइम र स्पेस कम हुने भएकाले फुटसल खेलाडी टेक्निकल रूपमा चनाखो र फिट हुनुपर्छ।

अनुस्था आचार्य

  • आइतवार, माघ १८ २०७७११:३९:१९
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको