गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरी मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताएका छन् ।
उनले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रेसुंगा नगर कमिटी गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भने, ‘‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन । हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो । तर, व्यक्तिप्रति हैन ।’’पाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताए । उनले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी गरे ।
रासस
राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट