Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

ठगी आरोपमा स्कुल सञ्चालक पक्राउ

ठगी आरोपमा स्कुल सञ्चालक पक्राउ


ठगी आरोपमा स्कुल सञ्चालक पक्राउ

काठमाडौं । झन्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको छ ।

उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख रुपैयाँ बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिय पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेका अन्य चारजना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ ।

रासस

कामना न्यूज

  • आइतवार, माघ ११ २०७७०५:१८:४७
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट