Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु


सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५, कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।

सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पताल उपचारपश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासस

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०७:४८:२०
सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको