Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

मालवाहक ट्रकमा आगजनी

मालवाहक ट्रकमा आगजनी


मालवाहक ट्रकमा आगजनी

बैतडी । महाकाली राजमार्गमाअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९, नक्तडमा आज एक मिनिट्रकमा आगजनी भएको छ ।

गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलंगातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नम्बरको मालवाहक मिनिट्रकमा आगजनी गरिएको हो ।

आज दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक प्वाइन्टमा इन्ट्री नै नगराएर गएको उक्त मिनिट्रकमा आगजनी भएको हो । नजिकै रहेको पेट्रोलपम्पमा तेल हाल्छु भनेर इन्ट्री नै नगराएर गएको उक्त मिनिट्रक आगजनी भएको खबर आएको दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ,

‘‘चन्द समूहको आज नेपाल बन्द रहेको थियो, प्रहरीले स्कटिङ गरेर गाडीलाई गन्तव्यमा पुर्‍याइरहेका थियौँ,’’ प्रहरी नायब उपरीक्षक विष्टले भने, ‘‘चेक प्वाइन्टमा आफूनजिकै जाने भनेर प्रहरीलाई ढाँटेर हिँडेको छ,  उसको क्रियाकलाप शंकस्पद रहेकाले ट्रकमा आफैँ आगलागी भयो कि कसैले आगजनी गरे भन्ने खुल्न सकेको छैन ।’’

मिनिट्रकमा आगो लागेको भन्ने खबर पनि बाहिरका मान्छेले गरेकाले थप शंका उत्पन्न भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदको भनाइ छ । उनले भने, ‘‘खबर पाउनसाथ हामी गएर आगो निभायौँ । तर, साहु र चालक भने सम्पर्कविहीन रहेका छन् ।’’

ट्रकका साहु जगन्नाथ पन्त र चालक महेश पाललाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिने र अनुसन्धानपश्चात् थप कुरा खुल्ने प्रहरीले जनाएको छ । मालवाहक उक्त ट्रकमा रहेको हार्डवेयरको सामग्री र ट्रक भने जलेर नष्ट भएको बताइएको छ ।

रासस

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०७:१६:२४
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट