Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

सहिद सप्ताह सुरु

सहिद सप्ताह सुरु


सहिद सप्ताह सुरु

काठमाडौँ– काठमाडौँको टेकु पचलीस्थित सहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको छ।

शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो। हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ।

शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्ध लड्ने चार सहिदमध्ये एक हुन्। सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ।

त्यसैगरी माघ १६ गते शान्तिबाटिकाबाट प्रभातफेरी निकालेर सहिद स्मारक लैनचौर पुगि सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०४:३१:३२
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट