Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

भिजन एक्सलेन्स अवार्डबाट डा. रुइतलाई सम्मान

भिजन एक्सलेन्स अवार्डबाट डा. रुइतलाई सम्मान


भिजन एक्सलेन्स अवार्डबाट डा. रुइतलाई सम्मान

काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा। सन्दुक रुइतलगायत दुई विशेषज्ञलाई सम्मान गरिएको छ ।

आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रख्यात नेत्र विशेषज्ञ डा। सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्रा।डा। रामप्रसाद पोख्रेल र डा। गोपालप्रसाद पोख्रेल छन् ।नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा।डा। चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्त्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा। सन्दुक रुइत तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन् । प्रा।डा। रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापकमध्येका एक हुन् । त्यसैगरी डा। गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य छन् ।

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०४:२१:४३
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट