Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

विश्व कीर्तिमानी रुप कार्कीको निधन

विश्व कीर्तिमानी रुप कार्कीको निधन


विश्व कीर्तिमानी रुप कार्कीको निधन

काठमाडौं । पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको हृदयाघातका कारण निधन भएको छ । अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका रुप कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, भलबारीका कार्की लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएको थिए । उनी केही समयअघि नेपाल आएर भरबारीमै बस्दै आएका थिए । शुक्रबार बिहान एक्कसि मुटुको चालमा गडबडी हुँदा उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै निधन भएको जनाइएको छ ।
 
पावर लिफ्टर कार्कीले ४४(४९ वर्ष उमेर समूह र २२० पाउन्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेका थिए । त्यसैगरी उनले २०१९ मा आयरल्यान्डको लाइमेरिकमा भएको पावर लिफ्टिङको मास्टर(२ प्रतियोगितामा सयभन्दा बढी देशका करिब सात सय प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदकसँगै विश्व कीर्तिमानसमेत बनाएका थिए । उनले २०१९ कै जुलाईमा ५०–५४ वर्ष उमेर समूहको २२० पाउन्ड तौलमा समेत स्वर्ण पदक प्राप्त गर्दै आयरल्यान्डमा सम्पन्न आईपीएल प्रतियोगितामा छनोट भएका थिए ।

कामना न्यूज

  • शनिवार, माघ १० २०७७०३:३३:३८
सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट