Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

प्रचण्डका गुरु वैद्य पनि ओलीकै पक्षमा, छिट्टै तालमेल,मोर्चावन्दीको तयारी,पार्टी एकता गर्ने घोषणा !

प्रचण्डका गुरु वैद्य पनि ओलीकै पक्षमा, छिट्टै तालमेल,मोर्चावन्दीको तयारी,पार्टी एकता गर्ने घोषणा !


प्रचण्डका गुरु वैद्य पनि ओलीकै पक्षमा, छिट्टै तालमेल,मोर्चावन्दीको तयारी,पार्टी एकता गर्ने घोषणा !

काठमान्डौ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरणले संसद् प्रतिनिधिसभा पुर्नस्थापना जनताको अहितमा हुने बताएका छन् । 
मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अदालतमा संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जारी रहे पनि पुर्नस्थापना अहिलेको आवश्यकता नभएको उल्लेख गरे ।
संसदीय व्यवस्था, मुलुकको संविधान र अहिलेको राजनीतिक प्रणाली असफलताको बाटोतर्फ गइसकेको अवस्थामा संसद पुर्नस्थापना जनतालाई धोका दिने विषय मात्रै भएको वैद्यको तर्क छ ।
अमेरिकी सदनमा पछिल्लो समय भएको आक्रमणदेखि विश्वका विभिन्न मुलुकमा भएका संसदीय दुर्घटनाको उदाहरण दिँदै उनले विश्वले नै यो व्यवस्था नरुचाएको टिप्पणी गरे ।
विश्वमा संसदीय प्रणालीहरु असफल हुँदै गइरहेका छन् । नेपालले पनि विश्वका विभिन्न घटनाक्रमबाट पाठ सिक्नु पर्छ,’ उनले भने, ‘अमेरिका र अरु मुलुक हुँदै नेपालसम्म आइपुग्दा संसद पूरै असफल भएको कुरा लुकेको छैन । 
विघटित संसद पुर्नस्थापना भए झन् खतरनाक फाँसीवादी चरित्रको उदय हुन्छ । पुर्नस्थापित संसदले जनताको आकांक्षालाई पूरा नगर्ने र जनजीविकालाई सम्बोधन नगर्ने वैद्यको बिचार छ ।
उनले आफूहरु सधैं संसदीय प्रणालीको विरोधमा रहेको पनि दोहोर्यारएर । वैद्यले घोषित आमनिर्वाचन पनि जनताको पक्षमा नहुने बताए । ‘तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामै अन्योल छ,’ उनले भने, ‘यदि भइहाल्यो भने जनताको हितमा हुने गरी नतिजा आउँदैन । 
निर्वाचन भएर प्राप्त हुने परिणामले पनि सधैं जनताले दुःख मात्रै पाइरहने उनको जिकिर छ । निर्वाचनबाट उल्टै फाँसीवादी चरित्रको उदय हुने भएकाले सबै सचेत बन्नुपर्ने वैद्यले बताए ।
बरु जनगणतन्त्रको बाटोमा अघि बढ्नका लागि उनले सबैमा आह्वान गरे । ‘जनगणतन्त्रका लागि संसदीय परिपाटीमा अल्झिएका दलबाहेकका शक्तिसँग मिलेर अगाडि बढ्ने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि हामी मोर्चावन्दीको तयारीमा छौँ ।
नेता वैद्यले साना र क्रान्तिकारी शक्तिसँग कार्यगत एवं पार्टीगत एकता तथा तालमेल गरेर अघि बढ्ने योजनामा आफूहरुको रहेको सुनाए । नेत्रविक्रम चन्द विप्लवसँग कतिपय मुद्दामा असहमति रहे पनि उनले कुनकुन विषयमा मत नमिलेको हो भनेर प्रष्ट पारेनन् ।
तर असहमति र समस्याको हल भएमा विप्लवसँग पनि पार्टी एकता हुने जानकारी उनले दिए । वैद्यले जनताको अहितमा रहेको विषयलाई राजनीतिका नाममा बढवा दिन र पृष्ठपोषण गर्न नहुने विचार व्यक्त गरेका छन् ।
पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनसम्म पुग्नु परेको जिकिर उनको छ । ‘सत्तामा रहेको नेकपाभित्र लोभीपापीको लडाइँ चलिरहेको छ ।
पद प्राप्तिका लागि मुर्खतापूर्ण हिसाबले जुनसुकै हत्कण्डा पनि अपनाउन थालिएको छ,’ वैद्यले भने, ‘जनजीविका, जनगणतन्त्र र कम्युनिष्टको साम्यवादमा पुग्ने लक्ष्य एवं सिद्धान्त विपरीत नेताहरु पदको लोभी बन्दा पार्टी विभाजनमा पुग्यो । संसद विघटन त्यस्कै परिणाम हो ।
पदको लोभमा फस्नेहरुको स्वार्थका लागि लोकको हित विपरीत संसद विघटन गर्नुपर्ने अवस्था आउनुले राम्रो सन्देश नगएको उनको तर्क छ । जनताको इच्छा र चाहनाभन्दा पनि कम्युनिष्टका नाममा पदका लागि मरिमेट्ने परिपाटी बढेकोमा वैद्यले चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री  ओलीको प्रष्टीकरण :-  मैले न्यायाधीशजीहरुलाई भेटेको छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको प्रष्टीकरण दिएका छन् ।  नेकपा ओली समूह को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार ओलीले चार न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको दाबी गरे ।
उनले न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउनसमेत चुनौती दिए । फलानो फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए । यति बजेदेखि यतिबजेसम्म यो भन्दा ठूलो झुठ, योभन्दा बढी बेइमानी के हुन सक्छ ? न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि
यो गम्भीर प्रहार हो, यो भन्दा घिनलाग्दो के हुनसक्छ, उनले भने, उहाँहरु यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नु हुन्छ ? ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन ।
ओलीले थपे, मैले निर्णय गर्दा सपना प्रधान मल्ललाई भेटेको थिएँ । सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला । यस्तै कार्यक्रममा देखेको हुँ । अरु न्यायाधीशहरुलाई देखेको पनि छैन । सायद चिनेको पनि छैन ।
सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी शशी श्रेष्ठले उक्त आवाज उठाएकी थिइन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट