Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?


स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो दिमाग त्यहि समस्यामा केन्द्रित हुन थाल्छ । हामीलाई त्यो समस्याको समाधान नहुन्जेलसम्म कुनै न कुनै तवरले सताइ नै रहन्छ । यहाँ कुनै त्यस्तो क्षेत्र छैन जसको कुशल कार्य सम्पादन गर्न शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन जरुरी पर्दैन ।

धेरैले पढेका छन्, सायद बुझेका पनि होलान् "स्वास्थ्य नै धन हो" । यो बिषय उठाउनुको तात्पर्य, जुन नाराले पूरै ध्यान खिच्यो,  "स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद"। केही महिना अघि फेसबूकमा  मसँग जोडिएका मित्रहरुको फरक अभिमत बुझ्ने अभिप्रायले एउटा यसै बिषयमा केन्द्रित प्रश्न तेर्स्याएको थिएँ, "स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य?" अधिकांशले "स्वास्थ्यको लागि खेलकूद" भनेर कमेन्ट बर्साए, केहीले "दुबै एक अर्काका परिपूरक हुन्" भनेर जवाफ फर्काए भने न्यूनले मात्र "खेलकूदको लागि स्वास्थ्य" बताए ।

106713298_10220289216094389_6474800131203922004_o.jpg

यही बिषयमा टेकी यो लेख तयार पार्न खोज्दै थिएँ, अनेक टड्कारो आए, कलम रोक्न बाध्य बनाए । आज लेख्दै छु । मैले खोजेको र मबाट धेरैले अपेक्षित जवाफ थियो "खेलकूदको लागि स्वास्थ्य" । यो जवाफ धेरै न्यून आउँछ भन्ने आंकलन पहिले नै थियो किनकि यहाँ मानसिकताको कसरी बिकास भएको छ भन्ने छर्लंग छ । वास्तवमा राष्ट्र, स्वास्थ्य र खेलकूद एक आपसमा अन्तर्निहित छ ।

व्यायाम प्रशिक्षणको दौरान यस बिषयमा धेरै पटक बहस गरेको छु, निरन्तर गरिरहनु पर्छ किनकि मानसिकता त्यसरी नै जकडिएको छ । मैले के सोच्छुले केही अर्थ राख्दैन यहाँ, अरुले कस्तो मानसिकता लिएको छ र व्यायाम पश्चात कस्तो अनुभव सुनाउने गर्छ त्यसले महत्व राख्दछ र त्यसैलाई आड मानी यो बिषयलाई उठाउने जमर्को गरेको छु ।

138395898_226699672279982_2791976445390937352_n.jpg

मानिसहरुलाई बिभिन्न खेलहरुमा रुचि हुन्छन् । आजको फिटनेस हाटबजारले मानिसलाई स्वास्थ्यको लागि चल्नुपर्छ, पसिना बगाउनुपर्छ भन्ने कुरा धेरै नै सिकाएको छ । अबश्य पनि मानिसले चल्नुपर्छ, शरीरलाई चलाउनुपर्छ । एउटा उमेरमा मानिसहरु रहरले खेलमा रुचि राख्ने गर्छ्न् भने अधिकांश मोटाएको आभास भएपछि फिट हुनकै लागि खेल खेल्न शुरु गर्छ अनि कति त आफू खेलकूद खेलेरै फिट भएको महशूस गर्छन् । यो जमातमा यस्ता पनि हुन्छन् जो बिदेशी खेलाडीको खेल र शरीर देखेर खेलेरै शरीर फिट हुने रहेछ भनी आफूलाई बिश्वास दिलाउँछ्न् । खेलकूद र व्यायाम एक अर्काका परिपूरक हुन सक्लान् तर पर्याय होइनन् । खेलकूद र व्यायाम पर्याय हुन् जसले स्वस्थ बनाउँछ भन्ने भ्रम सिर्जना भएको छ ब्यापक रुपमै, हुन्छ नै, जब राष्ट्रकै खेलकूदको बिकास गर्ने निकाय राष्ट्रिय खेलकूद परिषदको मूल नारा नै "स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद" भन्ने छ ।

जबदेखि यो नारामा नजर पुग्यो तबदेखि नै अन्तर्मनसँग संवाद चलिरहेको छ । व्यायाम प्रशिक्षणको दौरानम सयौं व्यक्तिहरुसँग यस बिषयमा कुराकानी गरेको छु जो कुनै न कुनै खेलसँग आबद्ध भएका हुन्छन्, खेलकूद मात्रै खेलेर आफूलाई फिट भएको भ्रम पालेका हुन्छन् । व्यायाम बिनाको खेलकूद मात्रै खेलेर वास्तवमै उनीहरु आफ्नै खेलकूद खेल्न पनि अनफिट (असक्षम) हुँदै गएको र जाने परिस्थितिको पत्तो सम्म पाउँदैनन् । अनि म अथक सम्झाउने गर्छु, खेलकूद खेल्नु राम्रो हो, खेल खेलेर पसिना बगाउनु राम्रो हो तर न खेलकूद व्यायाम हो न व्यायाम खेलकूद हो । चाहे जुनसुकै खेल होस्, जस्तो सुकै खेल होस्, कोठामा बसेर खेल्ने चेसदेखि उक्लिने एभरेष्टसम्म हरेक खेलमा एकै प्रकारको चाल हुन्छ, लगातार एउटै ताल हुन्छ ।

दाहिने हातले टेनिस खेल्ने व्यक्तिले देब्रे हात कहिल्यै प्रयोग गर्दैनन्, देब्रे खुट्टाले फूटबल लात हान्ने खेलाडीले दाहिने खुट्टाले लात हान्दैनन् (प्रोफेसनल खेलाडी वा केही अपवाद) अनि चेस खेल्ने व्यक्ति खेल नसकुन्जेल एक डिग नचली बस्छ्न्, एउटै मुद्रामा । यसरी शरीरको भाग अनवरत एउटै रिदममा चल्दा शरीरको व्यायाम भएको हुँदैन, शरीरले काम गरिरहेको हुन्छ जस्तै ढुंगा फोर्ने काम हुन्छ, भारी बोक्ने काम हुन्छ, खेत खन्ने काम हुन्छ, ठूल्ठूला ट्रकका टायरका प्वाल टाल्ने काम हुन्छ, अफिसमा बसी बसी गर्ने काम हुन्छ अनि पलेंटी कसेर तासको खाल जमाउने काम हुन्छ । यसले गर्दा मांशपेसीको स्तर खस्कँदै जान्छ । मांशपेसी जोगाउन, बलियो बनाउन र शरीर तन्दरूश्त बनाउन व्यायाम गर्नुपर्छ जसले खेलको स्तर बढाउँछ । यसरी व्यायाम गरे पश्चात आफ्नो खेलमा स्तर बृद्धि भएको, तन्दरुश्ती बढेको र थकान कम भएको अनुभव सुनाउने गर्छन् प्रशिक्षार्थीहरु । त्यसकारण म आफै जोड दिई भन्छु, "म व्यायामलाई व्यायामकै स्थानमा राख्दछु र खेलकूदलाई खेलकूदकै स्थानमा"।

 

अब म मूल मुद्धामा प्रबेश गर्छु, त्यही नारा जसमा मेरो बक्रदृष्टि परेको छ, मलाई पटक पटक यो लेख लेख्न उक्साइरहेको छ, "स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद"। खेलकूदमा प्रतिस्पर्धा हुन्छ, हार र जित हुन्छ । खेलकूदले व्यक्तिको प्रतिनिधित्व गर्छ, टोलको प्रतिनिधित्व गर्छ, गाउँको, समाजको र पूरै राष्ट्रको प्रतिनिधित्व गर्छ । खेलकूदमा जितको मानसिकता हुन्छ, पुरस्कारको तारो हुन्छ, नामको भोक हुन्छ । यसको लागि शाम, दाम, दण्ड र भेद सबै प्रयोग गर्छ्न् खेलाडीहरु । नागरिक भनौं या खेलाडीहरुमा यस्तै प्रतिस्पर्धात्मक मानसिकताको बिकास गर्न र कालान्तरमै देशकै नाम उच्चस्थानमा पुर्याउनकै (अन्तर्राष्ट्रिय खेलकूद जगतमा) निमित्त निर्माण भएको हो राष्ट्रिय खेलकूद परिषद । व्यक्ति, टोल, गाउँ हुँदै राष्ट्रव्यापी संजाल बनेको हुन्छ बिभिन्न खेलहरुमा । उत्कृष्ट खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने अवसर पाउँछन् ।

आफै अनुमान लगाउनुहोस् कि देशको झण्डा बोकेर प्रतिनिधित्व गर्ने स्तरसम्म पुग्नको निम्ति एकजना खेलाडी वा एउटा टिमलाई कत्तिको स्वस्थ हुनुपर्छ, जितको लागि कत्तिको हदसम्मको मानसिकता भिर्नु पर्छ । खेलकूद मात्रै खेलेर एउटा खेलाडी भरपूर स्वस्थ हुन्छ वा हुनसक्छ भ्रमबाट मुक्त हुनुपर्छ अब । स्वस्थ रहन र खेलकूदमा आफ्नो स्तरको अभिबृद्धि गर्न व्यायाम अत्यावश्यक छ भन्ने कुरालाई आत्मसात गर्नुपर्छ । जब देशभरिका खेलाडीले शुरुमै पढ्न सक्ने गरी लेखिने नारामै स्वास्थ्यको लागि खेलकूद लेखिएको छ, यहाँ खेलाडीहरु खेल्न र जित्न भन्दा पनि पहिले स्वस्थ हुनको लागि खेल्ने छन् । अनि सधैं स्वास्थ्यको लागि खेलेर जित्ने कहिले? देशको नाम उच्च गर्ने कहिले?

हामी आफै भन्ने गर्छौं देशले खेलकूदमा बिकास गर्नै सकेन । खेलकूदको संघहरुको संख्या बढ्दैमा खेलकूदको बिकास हुने होइन । हरेक खेलको आफ्नै कायदा कानून हुन्छ । एक एक खेललाई बुझी त्यसै अनुरुप खेलमा पर्फर्मेन्स अभिबृद्धि गर्ने खाल्को व्यायाम गर्नैपर्छ भन्ने अनिवार्य नियम लागू गर्नुपर्छ । उदाहर्ण लिऊँ न बिश्वकै प्रशिद्ध खेल फूटबलको । हामीले हेरेका छौं प्रशिद्ध खेलाडीहरुको खेलको स्तर आज कहाँ पुगेको छ, अधिकांश टिमहरुको स्तर कहाँ पुगेको छ ।

हामी केवल उनीहरुको खेल हेरेर मनोरंजन लिने गर्छौं अनि त्यस्तै खेल्ने सपना बुन्छौं । उनीहरुको खेलको स्तर बढ्नुमा हाम्रो पनि ठूलो हात छ किनकि हामी च्यानल सब्स्क्राइब गरी हेर्दिन्छौं रात दिन नभनी, बाजी लगाउँछौं अनि उरीहरुकै लुगाहरु वा वस्तुहरु जति महँगो भए पनि किन्छौं, डाइहार्ड फ्यान भएको गर्व गर्छौं । उता कमाइ उनीहरुकै हुन्छ अनि पर्फर्मेन्स बढाउनमै लगानी गर्छन् ।हामीले त्यति मात्र देख्छौं जति हामीलाई देखाइन्छ, त्यो हो खेल, उनीहरुको फिट र स्वस्थ शरीर अनि स्टाइल । हाम्रो  नसिबमा पर्दैन उनीहरुले गर्ने खेलको अभ्यास, नियमित व्यायाम, संतुलित पोषण र सप्लिमेन्टेसन अनि अन्य आवश्यक कुराहरुमा दिएका जोडहरु । हामी बाध्य हुन्छौं यो भ्रम पाल्न कि उनीहरु खेलेरै फिट भएका हुन्, स्वस्थ देखिएका हुन् । यस्तो लाग्छ कि यही आंकलनमै राष्ट्रिय खेलकूद परिषदले आफ्नो नारामा "स्वास्थ्यको लागि खेलकूद" लेखेका हुन् ।

आम मानसिकतामा यो हुल्न जरुरी छ कि स्वास्थ्यको लागि खेलकूद होइन कि खेलकूदको लागि स्वास्थ्य अनि नै अपरिहार्य छ । लाग्छ यो नारा नै गलत छ खेलकूदको लागि किनकि स्वस्थ हुनको  निम्ति खेलकूद नै नखेली व्यायाम गरेर पनि (पोषण अनिवार्य पर्छ) सम्भव छ । स्वास्थ्यमा खेलकूदले पार्ने थुप्रै सकारात्मक पक्षहरु छन् तर त्यसका बाबजूद पनि राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलकूदहरुमा खेलाडीहरुको स्वास्थ्य अलौकिक हुनुपर्छ जुन खेलको अभ्यासले मात्र सम्भव हुँदैन । यसको निमित्त निश्चित व्यायाम र पोषण अनिवार्य छ ।

आम नागरिकको मानसिकता के हुनसक्छ भने स्वास्थ्यको लागि खेलकूद खेल्नुपर्छ तर स्वास्थ्य, व्यायाम र पोषणको जिम्मा स्वास्थ्य मन्त्रालयले लिनुपर्छ, खेलकूदको बिकासको जिम्मा पूर्णरुपले खेलकूद मन्त्रालय र खेलकूद परिषदको मातहतमा पर्छ ।  नागरिकलाई स्वस्थ बनाउनको लागि मात्रै हो भने खेलकूद संघहरु खोल्नै पर्दैन, ठाउँ ठाउँमा व्यायामशाला खोलिदिए पुग्छ । स्वास्थ्यको लागि खेलकूद खेलिए पनि कालान्तरमा खेलकूद खेल्नकै लागि स्वस्थ हुनैपर्छ । खेलकूदलाई खेलकै अनुसार एकाग्र भएर बिकास गर्नुपर्छ । तसर्थ कुनै पनि खेलकूदको लागि खेलको माग अनुसार व्यायामलाई अनिवार्य लागू गर्नुपर्छ, अनि हुन्छ खेलको बिकास । भनिन्छ, पहिलो प्रभावले नै अन्तिम छाप छोड्ने गर्छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • मुलुकमा संसद विघटन र पुर्नस्थापनाको बेथिती कहिलेसम्म ?

    भारतको संबिधान निर्माता आर.बी अम्बेडकरले भनेका छन् ‘धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ । अन्धभक्त कार्यकर्ताको