Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

कामना सेवा विकास बैंकको एजिएम, ४.६३ प्रतिशत नगद लाभांश प्रस्ताव 

कामना सेवा विकास बैंकको एजिएम, ४.६३ प्रतिशत नगद लाभांश प्रस्ताव 


कामना सेवा विकास बैंकको एजिएम, ४.६३ प्रतिशत नगद लाभांश प्रस्ताव 

काठमाडौँ । कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको बैंकले जनाएको छ । सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो ।

उक्त सभामा बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६–०७७ को वासलात, नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७–०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ दशमलव ४० प्रतिशत बोनस शेयर र ० दशमलव २३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ४.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा बैंकले आ.व २०७७–०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जिपि राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ ।

कामना न्यूज

  • बुधवार, पौष २९ २०७७०४:२०:४९
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो