काठमाडौं । प्रतिबन्धित बाघको छालासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङको दूधपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्दै आएका बृसराज घले रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मंगलबार मनमैजुस्थित कोठाबाट उनलाई पक्रेको हो । उनको साथबाट करिब ६ फिट २ इन्च लम्बाई र १ फिट २ इन्च चौडाइ भएको बाघको छाला बरामद गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
पक्राउ परेका घलेलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो