युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको छ। आफ्नो नियम नीति उल्लंघन गरेको भन्दै अल्फाबेट इंकको युट्युबले राष्ट्रपति ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको हो।
गएको बुधबार संसद भवनमा ट्रम्पका समर्थकले गरेको हिंसात्मक आक्रमण तथा ट्रम्पको भाषणलाई लिएर उनको च्यानलमा कम्तिमा सात दिनका लागि प्रतिबन्ध लगाएको हो।
प्रतिबन्ध अनुसार ट्रम्पको च्यानलले अब नयाँ भिडियो अपलोड गर्न तथा भिडियो लाइभ गर्न पाउने छैन।
अहिले यो प्रतिबन्ध सात दिनका लागि रहे पनि लम्बिन सक्ने युट्युबले जनाएको छ।
सामाजिक सञ्जाल तथा अनलाइन प्ल्याटफर्महरुले गएको बुधबार भएको हिंसापछि ट्रम्पबाट आफूलाई पर पार्दै लगेका छन्।
मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो