मन्डेले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । मनोनयनमा परेका मन्देकाजी र सुवास दोहोरो स्वर्ण तथा बाँकी तीन जना सागमा एक–एक स्वर्ण जित्ने खेलाडी हुन् ।
मन्डे १३औं सागमा दुई स्वर्णपदक (टिम काता र एकल) जित्ने खेलाडी हुन् । यस्तै उनी सागमा पहिलो स्वर्ण जित्ने खेलाडी हुन् । मन्डेले आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता) जित्दा सागअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा एकल काता र टिम कातामा स्वर्ण जितेका थिए ।
मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो