Logo

शनिवार, माघ १० गते २०७७

images
images
images

म्यानचेस्टर शीर्षस्थानमा उक्लियो

म्यानचेस्टर शीर्षस्थानमा उक्लियो


म्यानचेस्टर शीर्षस्थानमा उक्लियो

बर्नलेको मैदानमा टर्फ मुरमा युनाइटेडको जितमा पल पोग्वाले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो मिनेटमा नै एस्ले बार्नेसको पासमा ब्राडीको प्रहर आकासिदा घरेलु टोलीले अग्रता लिने अवसर गुमाएको थियो ।

१९औं मिनेटमा मार्कुस रासफोर्डबाट ब्रुनो फर्नान्डेस हुदै आएको पासमा एन्थोनी मार्सियलको प्रहारले पोस्टको दिशा लिन सकेन । ३६औं मिनेटमा युनाइटेडले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । फर्नान्डेसको पासमा ह्यारी मिगुएरले गोल गरेपनि उनी उक्त मुभमा अफसाइड पोजिसनमा रहेका थिए ।

४५औं मिनेटमा रासफोर्डको प्रहारलाई बर्नलेका गोलरक्षक पोपेले बचाए । ५२औं मिनेटमा पल पोग्वाको क्रस पासलाई एडिन्सन काभानील भेट्टाउन सकेन । ७१औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए । उनले कप्तान ह्यारी मिगुएरको पासमा गोल गरेका थिए ।

८२औं मिनेटमा पोग्वाकै पासमा मार्सियल चुक्दा युनाइटेड पनि अग्रता दोब्बर पार्नबाट चुक्यो । इन्ज्युरी समयमा म्याकनेलको क्रसमा तार्काेस्कीले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बर्नले बराबरीबाट चुक्दा युनाइटेड विजयी हुन सफल भयो ।

शीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक छ । पराजित बर्नले १६ अंकसहित १६औं स्थानमा छ ।

कामना न्यूज

  • बुधवार, पौष २९ २०७७१०:१३:०५
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ