काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन खेलाडीहरुलाई आह्वान गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभिन खेलाडीहरुलाई आह्वान गरे ।उनले पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपालाई गुटको संज्ञा दिँदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिए ।
“हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने रु नेकपा फुट्नु र फुटाउनु ठिक थियो त रु नेकपा फुटाएर देशको विकास सम्भव छ रु नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ रु देश विकासको दिशामा अघि बढ्न सक्छ रु यो प्रश्न हाम्रो अगाडि उभिएको छ । स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने रु,” उनले भने ।उनले देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए ।
मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो