Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड

गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड


गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड

काठमाडौं । पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।२०० मिटर फ्री-स्टायल, २०० मिटर ब्याक स्ट्रोक, ४०० मिटर फ्री-स्टायल र १०० मिटर फ्री-स्टायलमा स्वर्ण पदक जितेकी थिइन् ।त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्विमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् ।

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७०७:३०:४६
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो