Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

कक्षा–१ र ११ मा नयाँ पाठ्यक्रम नै लागु

कक्षा–१ र ११ मा नयाँ पाठ्यक्रम नै लागु


कक्षा–१ र ११ मा नयाँ पाठ्यक्रम नै लागु

काठमाडौँ । अन्ततः नयाँ पाठ्यक्रमविरुद्धको मुद्दा टुङ्गिएको छ । राष्ट्रिय प्रारुप २०७६ का विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

असोज २८ गते भगवता अर्यालले पाठ्यक्रम विकास केन्द्रविरुद्ध सर्वोच्चमा रिट हालेकी थिइन् । उनले कक्षा–१२ सम्मको शिक्षा विद्यालयमा गाभिएको र विद्यालय शिक्षा स्थानीय तहको अधिनमा रहेकाले केन्द्रले हस्तक्षेप गर्न नपाउने भन्दै मुद्दा हालेकी थिइन् । सरकारले जेठमै कक्षा–१ र ११ मा नयाँ पाठ्यक्रम पढाउने घोषणा गरेको थियो ।न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको हो । गत कात्तिक १९ मा सर्वोच्चले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भन्ने अन्तरिम आदेश दिएसँगै उक्त मुद्दा हेर्न नभ्याइने र स्थगित भन्दै पटक–पटक पेसी धकेलिँदै आएको थियो । सोमबारबाट मुद्दामा सुनुवाइ सुरु भए पनि बहस नसकिएकाले आज बल्ल मुद्दाको छिनोफानो भएको हो ।पाठ्यक्रमको छिनोफानो नहुँदा विद्यालयहरु कुन पाठ्यक्रम पढाउने भन्नेमा अलमल परेका थिए । यसै वर्षबाट सुरु गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयमा शिक्षक, पाठ्यपुस्तक र पाठ्यसामग्री नपाएको भन्दै विद्यालयहरुले सरकारको आलोचना गर्दै आएका छन् ।

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७०७:२७:११
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो