काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा गल्फमा दुईवटा स्वर्णपदक जितेका सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
मंगलबार आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्।
जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेन पछि पार्दै सुवासले अवार्ड हात पारे।
यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड जितेको छ।
यसैगरी तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। उनले नेपाललाई १३ औं सागमा तेक्वान्दोबाट १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक दिलाएका थिए।
मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो