मुम्बई । बम्बे उच्च अदालतले कथित अवैध निर्माण मुद्दामा बलिउड अभिनेता सोनु सुदलाई केही दिनका लागि भए पनि राहत दिएको छ । अदालतले बीएमसीलाई १३ जनवरीसम्म सोनु सुदाको बिल्डिङमा कुनै कारबाही गर्न रोक लगाएको छ ।
केही दिनअघि बीएमसीले सोनुविरुद्ध उजुरी दर्ता गराएको थियो । सोनुले जुहूस्थित उनको घर विनाकुनै अनुमति होटेलमा परिणत गरेको आरोप बीएमसीले लगाएको हो । त्यसपश्चात् अभिनेता सोनुले बम्बे उच्च अदालतमा निवेदन दिँदै गर्दै बीएमसीको नोटिसलाई चुनौती दिएका थिए ।सोनुले उच्च अदालतमा दिएको निवेदनमा आफूले छतला आफ्नो भवमा कुनै अवैध वा अनाधिकृत निर्माण नगरेको उल्लेख गरेका छन् । साथै, उनले बीएमसीको अनुमति लिनुपर्ने गरी भवनमा केही परिवर्तन नगरेको पनि उल्लेख गरेका छन् । उनले महाराष्ट्र क्षेत्रीय र सहर योजना ९एमआरटीपी० ऐनअन्तर्गत् अनुमतिमा भएको केही कुरामात्रै परिवर्तन गरेको बताएका छन् ।
यसअघि, सोनुले सिभिल अदालतमा यसबारे निवेदन पेस गरेका थिए । तर, त्यहाँबाट कुनै अन्तरिम राहत नमिलेपछि उनी उच्च अदालत पुगेका हुन् ।
सोनुले आफ्नो घर ९शक्तिसागर०लाई कोरोनाभाइरससँग लडिरहेका योद्धाहरुका लागि केही समयका लागि होटेलमा परिणत गराएका हुन् ।
नवभारत टाइम्सबाट ।
बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ