Logo

शनिवार, माघ १० गते २०७७

images
images
images

नेपाली पहिचान बोकेको लोकल सेकुवा रेस्टुरेन्टमा विशेष परिकारहरु

नेपाली पहिचान बोकेको लोकल सेकुवा रेस्टुरेन्टमा विशेष परिकारहरु


नेपाली पहिचान बोकेको लोकल सेकुवा रेस्टुरेन्टमा विशेष परिकारहरु

तत्कालै खुलेको लोकल सेकुवा रेस्टुरेन्टमा ग्राहकको आगमन आर्कषक देखिएको छ । कोभिडकोबीच (मङसिर २६ गते) खुलेपनि रेष्टिुरेन्टका सेवा सुविधा र लुक्सको कारण ग्राहकको मन तानिएको हो । वानेश्वरमा अवस्थित रहेको सोही रेस्टुरेन्टमा रेस्टुरेन्ट सजावटका साथै उचित स्वास्थ्य मापदण्डलाई समेत प्रभावकारी रुपमा ध्यान दिईएको छ । रेस्टुरेन्टका प्रबन्धक रमेश आचार्यले आफुहरुले कोभिड १९ को मापदण्ड पूरा गर्दै सञ्चालन गरेको बताए । उनले भने ‘ग्राहकको स्वास्थ्य र सन्तुष्टि नै हाम्रो विकासको आधार हो, त्यसैले हामी स्वास्थ्य सुरक्षा मापदण्डको लागि कत्ति लोभ गरेका छैनाँै ।’ 

प्रबन्धक आचार्यले उपत्यकाका सबै ग्राहक राम्रो र विभिन्न प्रकारको खानेकुराको लागि ठमेल नै पुग्नुपर्ने बाध्यतालाई हटाउन पनि आफुहरुले बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गरेको बताए । रेस्टुरेण्टमा हप्तामा २ दिन विशेष लाईभ कार्यक्रम हुने गरेको छ । व्यस्त जीवनशैलीलाई आनन्दमय तुल्याउने गरी शान्त र हरियाली  वातावरणमा पारिवारिक तथा साथिसर्कलमा बसेर म्यूजिक सुन्दै विभिन्न परिकारको नेपाली लोकल खानेकुराको स्वाद लिन सकिन्छ । IMG_2600.jpgरेष्टुरेन्टमा दुई सय पचाँस जनासम्म अट्ने ठाउँ छ । साना केटाकेटी, युवा, परिपक्क मानिससमेतलाई उपयुक्त हुने किसिमको वातावरणछ ।  रेष्टुरेन्ट बिहान ८ बजेदेखी साझ ९ बजेसम्म खुल्ने गरेको छ । यस रेस्टुरेण्टमा ब्रेकफास्ट, लन्च, स्नेक्स, डिनार लगायत सम्पूर्ण खानेकुराहरु पाइन्छ । नेपालमा यो ब्रान्ड पहिलो पटक खुलेको हो । 
रेष्टुरेन्टमा २० जना सेफ रहेका छन् । रेस्टुरेन्टको विशेषता भनेको थकाली खाना र सेकुवा रहेको हो । हरियाली थिम रहेको यस ठाउँको विशेषगरी टिनेजर्स र पारिवारहरुलाई लक्षित गरिएको आचार्यले बताए ।
रेष्टुरेन्ट दुई फलरमा रहेको छ । एक सेट सोफामा ६ जना बस्न मिल्छ । सेकुवाको भान्सामा कसरी काम भईरहेको छ भनेर पारदर्शिता दिन बाहिरैबाट हेर्न सकिन्छ । साथै रेष्टुरेन्टले यहाँ आएका कस्टमर्सको तस्विर पनि खिचेर पेजमा राख्ने साथै फिडब्याक समेत लिने गरेको छ । IMG_2598.jpg

नेपाली बजारमा पनि धेरै बिदेशी खानेकुरालाई प्राथमिकता दिने रेस्टुरेन्टहरु रहेपनि नेपालीको पहिचान नेपाली खानाबाटै झल्काउने रेष्टुरेन्टको प्राथमिकता रहेको आर्चायले बताए । यस रेस्टुरेन्टको विशेष फुड आईटम भनेको सेकुवा , थकाली खाना हो भने अब पिजा पनि छिटै ल्याउन तयारी गरिरहेको उनले बताए । 
साझको समयमा यहाँको लाईटिङ्ग, वाह ! छुटै आनान्द......
सजावटको सुन्दरता कति मोहक ! अधेरी रातलाई चम्काएको त्यो सजावटमा ग्राहकको मोह....फोटा खिच्नकै लागि भएपनि उपस्थित त्यो जमात कुनै सभामा भन्दा कम छैन । 
रेस्टुरेन्ट पूरानो बानेश्वरबाट सिनामंगल जाने बाटोमा ५० मिटर अगाडी दायाँतर्फ रहेको छ । साथै यहाँ प्राईस पनि उत्तिकै रिजनेबल रहेको छ । IMG_2602.jpgIMG_2603.jpg

सरोजकुमारी चौधरी

  • मंगलवार, पौष २८ २०७७१२:३८:३१
सम्बन्धित समाचार
विशेष सबै
  • डिप्रेसन किन हुन्छ ?

    बिहानै उठेर आफ्नो नित्यकर्म गरेर कलेज जाने तरखर गर्दै थिए । कलेजबाट फोन आयो र मैले रिसिभमात्र के गरेको थिए उताबाट म्यामले कलेज बिदा छ